you-price-design.jpg

मुआब्जा नपाएपछी ठेउलेखोला जलबिद्युत आयोजनाको निमार्ण कार्यमा स्थानियको रोक

  • २०७४ फाल्गुन २ गते , बुधवार प्रकाशित

 २ फाल्गुन, प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण नगरेको भन्दै बाग्लुङ जिल्लाको दक्षिणमा निर्माणधिन ठेउलेखोला जलबिद्युत आयोजनाको  निमार्ण कार्य स्थानियले रोक लगाएका छन ।   प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण गर्ने भनि गरीएको प्रतिबद्धता अनुसार क्षति पुर्ति दिन नमाने पछि पाईपलाईन विच्छाउने कार्यमा आफुहरुले रोक लगाएको जैमिनि ५ विनामारे स्थित मसिना ठेउलेखोला, निवासी खगराज आचार्यले  बताउनु भयो । उक्त आयोजना सञ्चानको क्रममा क्षति पुर्ति बमोजिम आफुहरुलाई १ करोड ५ लाख दिने भनि सहमति गरीएको भय पनि हाल आएर आयोजना सञ्चालन गरीरहेको कम्पनिले क्षति पुर्ति दिन नमाने पछि बाध्य भएर निमार्ण कार्य रोक्नु परेको आचार्यले बताउनु भयो  । आयोजना निमार्णको क्रममा आफनो जिविकोपार्जनको श्रोत समेत रहेको करीव २६ रोपनि खेतियोग्य जमिन, विभिन्न १५ सय भन्दा बढि फलफुलका वोट विरुवा र १२ सय भन्दा बढि  सिसौ तथा महत्वपुर्ण रुख विरुवाको क्षति भएको आचार्यको भनाई रहेको छ ।  खोलाको किनार नजिकैे आफ्नो घर वरपर जमिनमा रहेको ढुङगा र वालुवा समेत पावर हाउस निमार्णको लागि प्रयोग गर्दा घर गोठ समेत जोखिममा परेको उहाँले बताउनु भयो । निमार्ण कार्य सञ्चालन गरीएको मिति देखिनै सुनियोजित रुपमा आफुहरुलाई विभिन्न बहाना बनाएर रकम दिने आश्वसन देखाउदै मर्कामा पारेको उहाँले दुखेसो गर्नु भयो । आयोजना सञ्चालक कम्पनिले निमार्णको क्रममा भएको क्षतिको सम्बोधन नगरे पछि जिल्ला प्रशासन कार्यलय बाग्लुङ, जैमिनि नगरपालिका, सम्बन्धित विभिन्न वडाहरुमा समेत आफुले क्षति पुर्ति नपाए सम्म उक्त निमार्ण कार्य सञ्चालन गर्न नदीने जानकारी गराएको उहाँले बताउनु भयो । बाराही हाइड्रोपावर प्रा.लि.ले निर्माणको जिम्मा लिएको उक्त आयोजनाले पावरहाउस निर्माण, सव–स्टेशन निर्माण, पाइपलाइन विच्छाउने काम  अन्तिम चरणमा रहेको जनाएको छ । साढे एक मेघावाट क्षमताको आयोजना जैमिनी नगरपालिकाको कुश्मीसेरामा वि.सं. २०७० चैतमा दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको थियो । भुकम्प, नाकाबन्दी र  सामान अभावको कारण भन्दै निमार्ण कार्यमा ढिलाई भएको आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि जैमिनी नगरपालिका वडा नं. १ को कुश्मीसेरामा सव–स्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।

Leave a Comment