you-price-design.jpg

२ नगरपालिकाको बिचमा च्यापीएको ‘जैमिनीघाट’ को भएन उत्थान

  • २०७४ फाल्गुन १ गते , मंगलवार प्रकाशित

       कालीगण्डकी र ठेउलेखोलाको संगम स्थलमा अवस्थित जैमुनी घाट ओझेलमा परेको छ ।  बागलुङ सदरमुकामदेखि करिब २० किलोमिटर दक्षिण पवित्र कालीगण्डकीको पश्चिम किनार काली र ठेउलेखोलाको दोभानमा पर्ने जैमिनीघाट अवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । जैमिनी ऋषिले तपस्या र योगसाधना गरेको घाटलाई जैमिनीघाट भनियो । तर, आजभोलि त्यस भेगका जनता ज्यामिरघाट पनि भन्छन् । जैमिनीघाटको अपभ्रंश ज्यामिरघाट हो भन्ने पौराणिक र ऐतिहासिक प्रमाण प्रशस्तै छन् । जैमिनी ऋषिले कठोर तपस्या र ज्ञान साधन गरेको ठाउं ऐतिहासिक बिरासतका रूपमा आजसम्म छ । आजभोलि पनि त्यसलाई ज्यामिरघाट र कतिपयले जैमिनी ऋषिले तपस्या गरेकाले जैमुनीघाट पनि भन्छन् । जे भने पनि यो ठाउँ जैमिनी ऋषिको तपोभूमि जैमिनीको नामले युगौंदेखि प्रसिद्ध छ । जैमिनीघाट बागलुङ जिल्लाको दक्षिण भेगका करिब डेढ दर्जन गाविस र पर्वतका पनि त्यति नै गाविसहरूको मृत्यु पर्यन्त परम्परागत दाहसंस्कार गर्ने पवित्र घाट मानिदै आएको छ ।    त्याहाँ एउटा शंखाकार विशाल शिला पनि छ । त्यसमा शंखको जस्तै प्वाल पनि छ । त्यसलाई स्थानीय बासिन्दा शंखे ढुंगा भन्छन् । शंख फुक्न सिपालु मानिसहरूले प्वालमा मुख राखेर फुक्ने र सजिलै शंखध्वनिले पहाडै थर्काइदिन्छन् । शंखेढुंगाको करिब पाँचसात मिटर पश्चिममा अर्को मजबुत पहरो छ । पहराको आडमा जैमिनी शिला छ । जैमिनी ऋषिले तपस्या गरेको आसन शिलामा प्रष्ट देखिन्छ । र, तिनै ऋषिले तपस्या गरेको एक ऐतिहासिक धार्मिक स्थल छ, त्यो हो जैमिनीघाट । ऋषिको नामबाट नामाकरण गरिएको एक धार्मिक स्थल हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो  । सोहीँ ठाँउ अहिँले ओझेलमा परेको स्थानीएले गुनासो गर्न थालेका छन् । त्यहाँ महा शिवरात्री सहतिका बिभिन्न चाडपर्वहरुमा दर्शनार्थीहरुको निकै भिड लाग्ने गरेको छ । त्यहाँ कास्की स्याङ्जा, गुल्मीसमेतबाट दर्शनार्थी आउने गरेका छन् । कालिगण्डकी नदीमा स्नान गर्ने मानिसको समेत भिड लाग्ने गर्दछ । उक्त स्थान पर्वतको फलेवास नगरपालिका र बाग्लुङको जैमिनी नगरपालिकाको बिचमा पर्दछ । ऐतिहाकिस धार्मीक महत्व बेकेको उक्त क्षत्रको विकासको लागी कुनै  पनि नगरपालिकाले चासो नदिएको स्थानिएले बताएका छन् ।   

Leave a Comment