you-price-design.jpg

महाशिला काहुलेमा बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न,बिधार्थी लाई शैक्षिक सामाग्री प

  • २०७४ माघ २९ गते , सोमवार प्रकाशित

पर्वत

पर्वतको महिशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउराली स्थित नमुना युवा क्लव काहुलेले आयोजना गरिएको बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुम्पन्न भएको छ । खेलकुदको विकास सँगै युवाहरुको सक्रियता,कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहिँ माघ २६ देखी शुरुवात गरिएको कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महाशिला गाँउपालिका प्रमुख राजु प्रसाद पौडेलले युवाहरुले अब विकास निर्माणमा सहयोग गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार भएको बताउदै  गाँउपालिकाले अब युवाहरु लाई रोजगारको ग्यारेण्टी गर्ने बताउनुभयो । युवा वर्गको हितमा निति निर्माण र कार्यक्रम तय गरि युवा शक्ति जोश र जाँगर लाई विकास निमार्णको महत्वपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हाँसिल गर्न गाँउपालिकाले नयाँ कार्ययोजना लागु गरेको बतादै गाँउपालिकाले ल्याएको एक घर एक रोजगार कार्ययोजना लाई सफल पार्नको लागी आवेदन फारम भरी सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष हिरा कु.राना,वडाध्यक्ष जिवन उच्चै ठकुरीले अब यूवाहरु लाई प्रत्यक क्षेत्रमा सहभागिता गराउदै दक्षता अनुसार गाँउपालिकाले विकास निर्माणमा खाटाउने बताउनुभयो ।    कार्यक्रममा चर्चित कलाकार माधब पराजुली,याम क्षेत्री,हरि सागर अधिकारी,नेत्र भण्डारी लगाएतका कलाकारको बेजोड सांगितीक प्रस्तुती रहेको थीयो । सोही अवसरमा उक्त क्लबले सगरमाथा प्रा.बि.मा अध्ययनरत करिब १५ जना अति बिपन्न गरिब तथा अपाङ्गा बिधार्थीहरु लाई शैक्षिक सामाग्री प्रदान गरेको छ । क्लवले गरिब असाह्य बिधार्थीहरुको अध्ययनमा केही मात्रामा भएपनि सहजत होस भन्ने सोचका साथ झोला,कापी,सिसाकलम,ईलेजर लगाएतका सामाग्री प्रदान गरेको क्लवका उपाध्यक्ष मोहन विक्रम पौडेलले जानकारी दिनुभयो । क्लवका अध्यक्ष सुरज पौडेलको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक मोहन पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका सचिब शिव पौडेलले गर्नुभएको थीयो । भलिवल खेल,सामुहीक लोक गित प्रतियोगीता लगाएतका प्रतियोगितात्मक कायक्रममा प्रथम,द्धितिय र तृत्य हुने प्रतियोगी लाई नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थीयो भने जनप्रतिनिधीहरु लाई सम्मान समेत गरिएको थीयो ।  

Leave a Comment