you-price-design.jpg

पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री नियुक्त

  • २०७४ माघ २९ गते , सोमवार प्रकाशित

 

। प्रदेश नम्बर–४ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

४ नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गुरुङ आइतबार एमाले ४ नम्बर संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन भएका थिए । उनको शपथग्रहण आगामी फागुन २ गते हुने भएको छ । गुरुङलाई माओवादी केन्द्रको पनि समर्थन रहेको छ । लमजुङबाट प्रदेशसभामा निर्वाचित गुरुङ नेकपा एमालेका सचिवसमेत हुन् । मुख्यमन्त्रीकोरुपमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै गुरुङले पहिलो काम प्रदेशको कानुन निमाण गर्ने र आर्थिक समृद्धितर्फ लाग्ने बताए ।

Leave a Comment