you-price-design.jpg

पर्वतका अधिकारी बन्ने भए प्रदेश ४ का सभामुख,मुख्यमन्त्री टुंग्याउन एमालेको बैठक

  • २०७४ माघ २८ गते , आईतवार प्रकाशित

 २७ माघ, पोखरा । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ । शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि समेत टुंगो लगाएको हो ।
‘सभामुखमा धेरैको आकांक्षा थियौं तर, नेत्रनाथजीलाई सभामुख तोक्ने निर्णय गरिएको हो,’ सभामुखको दाबादारसमेत रहेका सांसद हरिबहादुर चुमानले जानकारी दिए ।सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो । नेत्रनाथ पर्वतको प्रदेश सभा क बाट निर्वाचित भएका थिए । सभामुखका लागि नेत्रनाथसँगै हरिबहादुर, आशा खनाल, गायत्री गुरुङ लगायतको दाबी थियो ।  सभामुखमा नेत्रनाथलाई तोकर अन्य पदमा तथा मन्त्री मिलाउने गरी बैठकले टुंगो लगाएको हो । बैठकले माओबादी संसदीय दलको नेतामा हरिबहादुरलाई जिम्मबारी दिने निर्णय गरेको छ भने रामजी बराल उपनेता बनेका छन् । प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको सांसद चुमानले जानकारी दिए । सभामुख चुन्न प्रदेशसभामा फागुन ३ गते निर्वाचन हुँदैछ । एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले नेत्रनाथ अधिकारी सभामुख बन्ने पक्का भएको छ । ६० सदस्यीय प्रदेशसभामा माओवादीका १२ सांसद छन् । सभामुख, सचेतक लगायत टुंग्याएसँगै माओवादी सांसदले मन्त्री पदका लागि लबिङ गरिरहेका छन् । मुख्यमन्त्रीको टुंगो आइतबार यता एमालेले भने मुख्यमन्त्रीको टुंगो लगाउन आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ । आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ ।
एमाले दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङको दाबी छ । दलको नेता छान्न निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ । निर्वाचन आयोगका अध्यक्ष प्यासीले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्ने जानकारी दिए ।  ‘पहिलो चरणमा सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने कोसिस गरिने छ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ ।’ एमालेले संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा एमालेको २७ सदस्य छन् । एमालेले प्रदेश नम्बर ५ मा वाहेक प्रदेश नम्बर १ र ३ मा आन्तरिक चुनाव गरेर संसदीय दलको नेता चुनेको छ । वाम गठबन्धनमा प्रदेश ४ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति भएको छ ।

Leave a Comment