you-price-design.jpg

पाङराङको सुलिकोट गडि लाई पर्यटकिय स्थल बनाउन शिवपुरण सञ्चालन

  • २०७४ माघ २७ गते , शनिवार प्रकाशित

पर्बत जिल्लाको फलेबास नगरपालिका ११ पाङराङमा शिब पुराण शुरु गरिएको छ । पाङराङको शिर मा अवस्थित सुलिकोट गडि स्थिति सिद्द मन्दिर लाइ जिल्ला कै पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले शिब पुराण सञ्चालन गरिएको हो । बि स १७०२ मा स्थापित तथा बाइसे चौबिसे पालामा राजाहरुको राज्य किल्ला रहेको गडि सिद्द लाइ पर्य्ट्किय स्थल बनाउने उद्देश्यका साथ ११ दिने शिब पुराण शनिवार बाट सुरु भएको हो ।   शिब पुराणको उद्घाटन गर्दै फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले यस क्षेत्रलाइ पर्यटनको क्षेत्र बनाउन को लागी नगरपालिका बाट मिल्ने सबै सहयोग गर्ने बताउनुभयो । उहाँले पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास गर्न आफु पछी नहट्ने बताउनुभयो । ऐतिहासिक धार्मीक महत्वबोकेको यस क्षेत्र लाई पर्यटकीय स्थलको रुपमा विकास गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शनिवार बाट शुरुवात गरिएको ११ दिने शिब पुराणमा प्रमुख बाचक युबा पन्डित भरत सुबेदी रहनु भएको छ भने उपबाचक सुनिल शर्मा रहनु भएको छ । शिवपुरणमा २५ हजार भन्दा बडि सहयोग गर्ने सहयोग दाता लाइ आजिबन सदस्य रहने ब्याबस्था गरिएको आर्थिक संयोजक भोजराज उप्रेती ले जानाकारी दिनु भएको थियो । वडा अध्यक्ष तथा दलित संघ का केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस महाधिबेसन प्रतिनिधि जित बहादुर सुनारले यस धार्मीक कार्य लाई सफल पार्न वडा बाट आफुले सक्दो पहल गर्ने र आफुले ब्याक्तिगत सहयो गर्ने बताउनु भयो  !  मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको शुभारम्ब कार्यक्रममा जनप्रतिनिधि हरु,राजनितिज्ञ वडा सचिब लगाएतका ब्याक्तित्वहरु आ आफ्नो धारणा राख्नुभएको सन्तोष पाठक ले जानाकारी दिनु भयो ।  

Leave a Comment