you-price-design.jpg

आजको अखबारः प्रधानन्यायाधीशका चार थरी जन्ममिति, प्रदेश सांसदलाई किस्तामा घडेरी

  • २०७४ माघ २७ गते , शनिवार प्रकाशित

 काठमाडौं । आज शनिबार भएकाले सबैजसो पत्रिकाहरुले शनिबारीय अंक प्रकाशित गरेका छन् । त्यससँगै फरक फरक समाचारहरुले पहिलो पृष्ठमा स्थान पाएका छन् । दोहोरो नागरिकता लिएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश गोपाल पराजुलीका चार थरी जन्ममिति सरकारी अभिलेखमा फेला परेको, राष्ट्रियसभामा तीन सदस्य सरकारले सिफारिस गरेको लगायतका समाचारहरु आजका पत्रिकामा छन् । सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको विषयलाई कान्तिपुर दैनिकले तस्वीरसहित छापेको छ ।प्रधानन्याधीश पराजुलीका चार थरी जन्ममिति न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेका समाचारमा उल्लेख छ । समाचारअनुसार न्यायपरिषदका बुलेटिनहरुमा पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । २०७० साल र त्यसअघिको न्यायपरिषद बुलेटिनमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रमसंख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिति उल्लेख छ । पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कात्तिक २५ मा पेस गरेको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पराजुलीले प्रतिलिपि नागरिकता लिए । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले प्रतिलिपि नागरिकता पाऊँ भनि दिएको निवेदनको आधारमा काठमाडौं जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको थियो । ‘जिल्ला प्रशासन कार्यालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘प्रतिलिपि नागरिकता लिँदा पुरानो अभिलेख फरक पार्न पाइँदैन । उहाँको हकमा फरक परेको देखियो ।’ पराजुलीको चौथो जन्ममिति हो २०११ साल बैशाख १३ गते । नेपाल ल क्याम्पसबाट जारी भएका शैक्षिक प्रमाणपत्रमा प्रधान्याधीश पराजुलीको जन्ममिति उनले दावी गरेअनुसारकै देखिन्छ । तर, प्रवेशिकाको मार्कसिटमा २०११ बैशाख १३ गते उल्लेख छ । उनको प्रवेशिका मार्कसिट सार्वजनिक भए पनि जन्ममिति उल्लेख हुने चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन । उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको मार्कसिट न्यायपरिषदमा परे पनि त्यहाँबाट प्राप्त हुनुपर्ने चारित्रिक प्रमाणपत्र पेस गरेका छैनन् । राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई सिफारिस गरेको समाचारमा उल्लेख छ । सिफारिसमा परेका बस्नेत कांग्रेस विभाजित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति थिए । यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् । ५९ सदस्यीय राष्ट्रिय सभाकालागि निर्वाचनबाट हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनिन्छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । यसैगरी मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको समाचारमा उल्लेख छ । प्रदेश सांसदलाई किस्तामा घडेरी

नेपाल समाचार पत्र दैनिक
का अनुसार प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको समाचार छ ।
हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको समाचारमा उल्लेख छ । सांकेतिक तस्वीर   उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ । यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर -आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ । जातीय विभेदको शिकार बने शिक्षकः जागिर खोसियो, घर जलाइयो नयाँ पत्रिका दैनिकमा जातीय भेदभाव गर्दै बैतडीका एक शिक्षक दम्पतीको जागिर खोसिएको र घर जलाइदिएर गाउँ निकाला गरिदिएको कारुणिक समाचार छ । नेपालको संविधानले जातीय विभेदलाई अपराध माने पनि बैतडीको शिवनाथ गाउँपालिका-६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् । करनले नयाँपत्रिकासँग भनेका छन्, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’ किशोरीका बुवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’ प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ । ऊर्जाबिनै १२० मिटर तलको पानी बस्तीमा बिनाऊर्जा पानी १ सय मिटर माथि चढ्छभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य सावित भएको छ । राजधानी दैनिकका अनुसार भोजपुरको नगरपालिकाको सुन्तलेमा बिनाऊर्जा मुहानबाट उकालो पानी निकालिएको छ । जसको शुक्रबार सफल परीक्षणसमेत भएको छ । इन्जिनियर एकराज भट्टराई आफैंले उपकरण तयार गरी पानीलाई लिफ्ट गरेर एक सय मिटरमाथि बस्तीसम्म निकालेका हुन् । पानी माथि तान्न उनले इन्धन प्रयोग गरेका छैनन् । पानीलाई मुहान रहेको स्थानबाट २० मिटर तल खसाएर त्यसलाई पनुः १२० मिटर माथि निकालिएको छ । सुन्तले बजारको पानी अभाव क मगर्न इन्जिनियर भट्टराईले हाइड्रोलिक र्याम्पको प्रयोग गरी पानीलाई वस्तीसम्म पुर्याएको राजधानीको समाचारमा उल्लेख छ । र यो पनि– आर्यघाटमा पनि कमिसन !
नागरिक दैनिकले आज पशुपति आर्यघाटमा पनि कमिसनको खेल हुने गरेको समाचार लेखेको छ । समाचार अनुसार, पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामग्री पशुपति क्षेत्र विकास कोषले तोकेका पसलमा किन्नुपर्ने बाध्यता छ । दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामग्री चाहिन्छ । कोषका कर्मचारीले यी सामग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ । शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो । पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएका सामानको मूल्यअनुसार कमिसन लिने गरेको समाचारमा उल्लेख छ ।

Leave a Comment