you-price-design.jpg

कृषकहरुको क्षमता अभिबृद्धि गर्न पर्वतको लिमिठानामा स्थलगत क्षमता अभिबृद्धि तालिम सञ्चालन

  • २०७४ माघ २४ गते , बुधवार प्रकाशित

 

 पर्वत

  कृषकहरुको क्षमता अभिबृद्धि गर्न तथा आयआर्जन बृद्धिको लागि फलेवास नगरपालिका ७ लिमिठानामा २ दिने स्थलगतक्षमताअभिबृद्धि तालिम सञ्चालन गरीएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मकै जोन फलेवासको आयोजनामा कृषकहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरीएको हो । तालिमको उद्दघाटन गर्दै कार्यक्रमका प्रमुखअतिथि तथा फनपा७ लिमिठानाका वडा अध्यक्ष हरिराम रेग्मिले मकै बालिको महत्व बुझ्न नसक्दा यसको उपयोग हुन नसकेको बताउनुभयो । यो परियोजना सञ्चालन भए सगै अब यसको उपयोगिता बढ्ने उहाँले विश्वस व्यक्तगर्नु भयो । यसै गरि कृृषि पेषा बाट जिविकोर्पाजन गर्न चाहने कृर्षकलाई यो परीयोजनाले सहयोग पु¥याएको समेत बताउनु भयोे । विगतमा अनुदानका कार्यक्रममा बास्तविक किसानले राहात पाउन नसकेको भन्दै बास्तविक किसानको पहिचान गरी अनुदान दिन समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रमको महत्व तथा उदेश्यबारे प्रकास पार्दै परियोजना कार्यान्वयन ईकाई मकै जोन फलेवासका बरिष्ठ कृषि विकास अधिकृत बसन्त कुमार श्रेष्ठले विदेशिको लगानिमा सञ्चलित विभिन्न परियोजनाले र्दिघकालिन रुप लिन नसकेको र उपलब्धि समेत कम प्रप्तहुने गरेको भन्दै नेपाल सरकारले आफ्नै सोच, जनशक्ति र लगानिमा यो परियोजना सञ्चालन गरेको बताउनु भयो ।  संगठित र एकिकृत रुपमा कार्यक्रम सञ्चालन गर्दा मात्र लक्ष अनुसारको उपलब्धि हासिलगर्न सकिने भन्दै उहाँले नेपाल सरकारले हाल पकेट, बल्क, जोन र सुपर जोन गरी ४ बर्गमा विभाजनगरि यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । यो परियोजना सञ्चालन सगैँ हाल फलेवास नगरपालिका भित्रका बिभिन्न ६ वटा वडाहरु, मुडिकुवाँ, खानीगाउँ, संकरपोखरी, थापाठाना, लिमिठाना, र ठानामौलाका कृर्षकहरुलाई उपकरण लगाएत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो । यस्तै कृषि अध्यन सस्थानलाई अनुदान, प्रतिफलमा आधारीत प्रोत्सान अनुदान, भकारो सुधार, सिंचाईको लागि अनुदान लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरीएको बताउनुभयो ।कृर्षकहरुको ईच्छा शक्ति नभए सम्म सरकारले दिएको अनुदान र सहयोगले मात्रै उपब्धि हासिल नहुने भन्दै उहाँले अनुदानको सहि सदुपयोग र कामप्रतिको लगनशिलता चाहिने बताउनु भयो । बुधवार र विहिवार गरि दुई दिन सम्म सञ्चालन गरिने तालिममा गुणस्तरिय विहुमा हुनुपर्ने गुणहरु, उमार शक्ति परिक्षण, भण्डारण, मकै बालिमा लाग्ने रोग तथा किरा व्यवस्थापनलगाएतविषयमा प्रशिक्षण गराईने कृषिअधिकृत हेम शर्मा तिवारीले जानकारी दिनु भयो । तलिममा बरिष्ठ कृषिविकास अधिकृत बसन्तकुमार श्रेष्ठ,विषय विज्ञ हरी प्रसाद देवकोटा, कृषिअधिकृत हेम शर्मा, तिवारी, निबर्तमानप्रविधिक सहाएकआनन्दपौडेल,प्रविधिक सहाएक राजु गौतमईन्ट्रज सहजकर्ता सुवास चन्द्र अर्याल, सुधाआचार्य, लगाएतले प्रशिक्षण दिनु भएको छ । जन जाग्रिती कृषक समुहकाअध्यक्ष दोणराज भुसालको अध्यक्षतामा सञ्चलित तलिमको सहजिकरण प्रविधिक सहाएक राजु गौतमले गर्नु भएको थियो ।  

Leave a Comment