you-price-design.jpg

लामो खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित

  • २०७४ माघ २३ गते , मंगलवार प्रकाशित

पर्वत

खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । करिब ५ महिना लामो समय सम्म पनि वर्षा हुन नसक्दा जिल्लामा हिउँदे खेती प्रभावित भएको हो । लामो खडेरीका कारण जौ, फापर,तोरी,गहुँ, तोरी र हिउँदे तरकारी तथा आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्न नसक्दा बिभिन्न अन्नबाली तथा तरकारीको उत्पादन ह्वात्तै घट्ने भएको छ ।   पर्वतमा सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ । वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । जिल्लाको नौ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । हिउँदमा छ हजार ४२० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ ।  जिल्लामा दुई हजार ६१५ हेक्टरमा गहुँ र करिब एक हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र एक हजार ५४० हेक्टरमा आलु उत्पादन हुन्छ ।   

Leave a Comment