you-price-design.jpg

आजको अखबारः भाडाका कुर्सीमा प्रदेशसभा बैठक,स्वास्थ्यमन्त्रीको मनपरीः एकपछि अर्को विवादित निय

  • २०७४ माघ २१ गते , आईतवार प्रकाशित

 २१ माघ, काठमाडौं । आइतबारका पत्रिकाहरुमा प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठकको समाचारले प्राथमिकता पाएका छन् । सबैजसो पत्रिकाहरुले फरक–फरक कोणबाट प्रदेश सभा बैठकको समाचार कभर गरेका छन् । कान्तिपुर दैनिकले प्रदेश सांसदहरुको सृद्धिको साझा सपना रहेको उल्लेख गरेको छ । तर बैठकको व्यवस्थापन भने भद्रगोल छ । अन्नपूर्ण पोष्ट दैनिकले कुर्सी भाडामा लिएर गर्जो टारिएको समाचारलाई प्रमुख स्थान दिएको छ ।
प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ । पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ ।भाडाका कुर्सीमा प्रदेशसभा बैठक

अन्नपूर्ण पाेस्ट दैनिकले प्रदेशसभा बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भए पनि अन्य कुनै पनि संरचना तयार नभएको समाचार लेखेको छ । हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् ।प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ । हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ ।पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ । सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताएका छन् । संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ । प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ । बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ । अस्थायी राजधानीका संरचनामा जथाभावी खर्च   कारोबार दैनिकले प्रदेशका अस्थायी राजधानीमा मन्त्रालयलगायत अत्यावश्यकीय सरकारी कार्यालयको सजावट तथा रंगरोगन र व्यवस्थापनमा जथाावी खर्च भइरहेको समाचार छापेको छ । प्रदेशसभा, मन्त्रालय तथा सरकारी अधिकारीको निवासको लागि अस्थायी रजाधानी तोकिएका विराटनगर, पोखरा, हेटौंडा, बुटवल, धनगढी, जनकपुर र सुर्खेतस्थित केही सरकारी कार्यालय सजावत तथा रंगरोगनको काम तीव्रताका साथ गरिएको छ । प्रादेशिक सरकारी कार्यालयहरु व्यवस्थापन गर्ने काम हतराकासाथ गर्दा खर्चमा मितव्ययिता नभएको स्थानीय सरोकारवालाले बताएको कारोबारमा समाचार छ । काम माग्दै राजनीतिक दल

कारोबारका अनुसार प्रदेश नं. ७ का मन्त्रालयहरु सजाउने तथा रं्रगरोगन गर्ने काममा स्थानीय राजनीतिक दलहरुले भागबण्डा खोजेका छन् । मन्त्रालयको निर्माण कार्य दिनका लागि राजनीतिक दलहरुले भागबण्डा माग्न थालेपछि छोटो समय दिएर बोलपत्र आह्वान गरिएको छ । माघ १७ र १८ गते मन्त्रालयको निर्माणका लागि हप्तादिनको अवधि दिएर बोलपत्र आह्वान गरिएको हो । सैतानी व्याजको पासोः ऋणीलाई घरभित्रै थुनेर कुटपिट

चर्को चक्रीय ब्याजदरमा ऋण दिने र ऋणीका नाममा फर्जी कागज बनाएर आर्थिक शोषणको श्रृंखला चलाइरहेका श्याम प्रदेशीले ऋणीलाई मरणासन्न हुने गरी कुटेको समाचार कान्तिपुर दैनिकमा छ । शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषणको शृंखला चलाएका थिए । घाइते महतोलाई प्रहरीले उद्धार गरी हरिऔनस्थित नमुना अस्पतालमा उपचारका निम्ति पु¥याएको थियो । एक दिनको उपचारपछि उनी घर फर्केका छन् । करिब तीन वर्षअघि महतोले प्रदेशीसँग सात लाख रुपैयाँ ऋण लिएका थिए । महतोका अनुसार यो अवधिमा उनले घरखेत नै बेचेर ४० लाख रुपैयाँ बुझाइसकेका छन् । प्रदेशीले साँवा ब्याज गरेर ९० लाख रुपैयाँ पुगिसकेको र सबै पैसा नतिरे उठिबास लगाइदिने भन्दै धम्क्याउँदै कुटपिटमा उत्रिएका थिए । ढोका थुनेर मुक्कैमुक्काले निरन्तर कुटेपछि महतो बेहोस भएका थिए । ‘कुटाइबाट म बेहोस भएछु,’ उनले भने, ‘होस आउँदा म एक्लै थिएँ । ५ लाख रुपैयाँ पनि लगेछन् । मोबाइल साथमै थियो । फोन गरेर घरमा सूचना गरें । घरका सदस्यले प्रहरीलाई सूचना गरेपछि मेरो उद्धार भयो ।’ कुवेत गएका कामदार बच्चासहित फर्किंदै

कान्तिपुर दैनिकमै कुवेत सरकारले आम माफी दिएपछि घरेलु कामदारहरु वैध रुपमा स्वदेश घर फर्किने क्रम बढेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका छन् । यीमध्ये सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) पनि एक हुन् । उनले आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् । ‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरसँग भनेकि छन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’ उनी ८ वर्षअघि घरेलु कामदार (हाउसमेड) का रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपर्थ्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं । मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भनिन्, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’ चीनले पूरै चक्रपथ आठ लेनको बनाइदिने चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मितर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइदिने भएको छ । २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड चिनियाँ कम्पनी सांघाई कन्ष्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी –कोटेश्वर खण्डसरहकै बनाउने भएको छ । स्वास्थ्यमन्त्रीको मनपरीः एकपछि अर्को विवादित नियुक्ति

कामचलाउ सरकारको स्वास्थ्यमन्त्री दीपक बोहोराले स्वास्थ्य सेवाअन्तर्गतका विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन् । स्वास्थ्यमन्त्रीको मनपरीलाई मुख्य समाचार बनाएको नागरिकले खबरको अगाडि लेखेको छ– पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनविपरीत फरक सेवा समूहका डा. तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्णय सर्वोचच अदालतले उल्ट्याइदिएको छ । तर बोहोराले महानिर्देशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानका पदाधिकारी र निर्देशकहरुको नियुक्तिमा समेत यस्तै मनपरी गरेका छन् । असोजमा सरुवा गरिएका १६ सय कर्मचारी अझै राजधानीमा !

सामान्य प्रशासन मन्त्रालयले गत असोज १४ मा एक हजार ६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेको थियो । ती कर्मचारी मन्त्रालयले खटाएको ठाउँमा नगई राजधानीमै बसेर हाजिर गरिरहेका छन् । नागरिक दैनिकका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयसँग ताकेता गर्दै आएको छ । तर, पठाइएका १६ सय कर्मचारी अटेरी गरेर बसिरहेका छन् । सामान्यले कर्मचारी सरुवा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले स्थानीय तहमा कर्मचारी अभाव भएको स्थानीय मन्त्रालयका कर्मचारीको भनाइ छ । सामान्य प्रशासनले मन्त्रालयको कार्यक्षेत्र कर्मचारी सरुवा गर्नेमात्र भएको भन्दै सरुवा कार्यान्वयन हेर्ने अधिकार नभएको दाबी गरेको समाचारमा उल्लेख छ । घरेलु हिंसा पीडित महिलाः तावाबाट उम्केर भुंग्रोमा   सा‌ंकेतिक फोटो   नागरिक दैनिकले आज घरेलु हिंसा छल्न विदेसिएका महिलाको दुःख उधिनेको छ । घरबाट भोगिरहेको हिंसबाट जोगिन महिलाहरु वैदेशिक रोजगारीमा गए पनि झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् । विदेशमा सहेको यातना र दुव्र्यवहारको पीडाले धेरैको जीवन थप बर्बादीतिर गएको छ । केही भने लामो समयदेखि सम्पर्कविहीन हुँदा उनीहरुको घरबार समेत भताभुंग बनेको छ । स्वास्थ्य, शिक्षा र रोजगारीको अवसरका दृष्टिले अगुवा भनेर प्रचार गरिँदै आएको झापामा पनि यस्ता धेरै महिला छन्, जसले घरको हिंसा छल्न बिदेसिँदा त्यहाँ झन् ठूलो यातनाको सिकार सहेका छन् । समाचार अनुसार, यो समस्या विपन्न परिवारमा मात्र होइन, सम्पन्न परिवारमै छ ।

Leave a Comment