you-price-design.jpg

जनप्रिय आधारभूत बिधालय खानिगाँउको २८ औँ बार्षीकोत्सव सम्पन्न

  • २०७४ माघ १८ गते , विहीवार प्रकाशित

  पर्वतको फलेवास नगरपालिका वडा नं. ५ स्थित जन प्रिय आधारभुत बिधालय झकलकको २८ औँ बार्षीकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार  २८ बार्ष गाँठको अवसरमा बिधालयले एक भव्य कार्यक्रमका बिच २८ औँ बार्षीकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष दिपक शर्मा पौडेलले बिधालयको चौतर्फी विकासको लागी शिक्षक,अभिभावक र बिधार्थी बिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउदै  शिक्षक,अभिभावक र बिधार्थी बिच सुमधुर सम्बन्ध कायम हुन नसकेमा बिधालयको प्रगती कुनै पनी हालतमा माथी उठ्न नसक्ने बताउनुभयो । उहाँले गुजरे शिक्षाले बिधार्थीको भविष्य अन्धकार बन्ने भन्दै बिधार्थीको उज्वल भविष्यको सुनिश्चित गर्न अभिभावक र शिक्षक निरन्तर शैक्षिक गितीबिधीमा लाग्नुपर्ने बेला आएको बताउनुभयो ।     कार्यक्रममा फलेवास नगर कार्यपालिका सदस्य केशा कु.दमिनी,खानिगाँउ स्वास्थ्य  चौकीका प्रमुख बुद्धीराज तिवारी,बिधालयको प्रतिनिधित्व गर्दै धुब्र नमुना मा.बि.का शिक्षक राजेन्द्र पोखरेल,अभिभावक सिर्जना सुवेदी लगाएतले बोल्नुभएको थीयो । बार्षीकोत्सवमा बिधालयकी प्र.अ.दुर्गा शर्मा लम्सालले बिधालयको शैक्षिक बाषर््ीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो । सोही अवसरमा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने बिधार्थीहरु लाई पुरस्कार बितरण गरिएको थीयो े । बिधालयका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता,शिक्षिका सरस्वती कु.सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिधालयका प्र.अ.दुर्गा शर्मा लम्सालले गर्नुभएको थीयो ।  

Leave a Comment