you-price-design.jpg

पर्वत जिल्ला पुर्ण साक्षर घोषणा

  • २०७४ माघ १८ गते , विहीवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वत जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गरिएको छ ।  जिल्लाका १५ देखी ६० बर्ष उमेर समुहका ९६.९३ प्रतिशत अर्थात ७८ हजार २ सय १० प्रतिशत नागरिक अक्षर चिन्न पढ्न र लेख्न सक्ने भएपछी पर्वत लाई बिहीबार एक कार्यक्रमका बिच पुर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । साक्षर जिल्ला समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरीले जिल्ला लाई साक्षर घोषणा गर्नुभएको हो । साक्षर घोषणा गर्दै गिरी पर्वत समुन्नत दिशा तर्फ लम्किदै गरेको बताउनु भयो । उहाँले शिक्षा,स्वास्थ्य,सडक,खानेपानी,बिधुत लगाएतका सबै पुर्वाधार लाई व्यवस्थीत गर्दै विकासोन्मुख जिल्ला बनाउन  आफूले प्रयास गर्ने बताउनुभयो । जिल्लामा रहेका समस्याहरु समाधान गर्न आफूले सक्दो प्रयास गर्ने भन्दै खानेपानी, शिक्षा र सडक नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । ९७.४१ प्रतिशत अर्थात ३१ हजार ५ सय पुरुष र ९६.६१ प्रतिशत अर्थात ४६ हजार ७ सय १० महिला साक्षर रहेको जिल्ला शिक्षा कार्यालयको घरधुरी सर्वेक्षणमा देखाईएको छ । साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा  ९६ दशमलव ९३ प्रतिशत प्रगति रहेको देखिएको छ ।  पर्वतमा १५ देखी ६० बर्ष उमेर समुहका २ हजार ४ सय ७४ नागरिक निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । उनीहरु लाई पनि केहीँ बर्षमै साक्षर बनाउन स्थानीए तह सँग समन्वय गरेर कार्ययोजना अगाडी बढाईसकिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताउनुभयो ।  पर्वत साक्षर घोषणा भएपछि प्रदेश नम्बर ४ पहिलो साक्षर प्रदेश बनेको छ ।  

Leave a Comment