you-price-design.jpg

महिला समुहले दियो बर्थिङ सेन्टर लाई शच्चया

  • २०७४ माघ १७ गते , बुधवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिका वडा नं. ६ स्थित नव जागृति महिला समुहले एक बर्थिङ सेन्टर लाई शच्चया प्रदान गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी महिला राख्ने व्यवस्थीत बिस्तारा समेत नभएको भन्दै समुहले देविस्थान स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर लाई प्रदान गरेको हो । सुत्केरी गराउन बर्थिङ सेन्टरमा ल्याउदाँ स्वास्थ्य चौकीमा व्यवस्थीत बेडको अभावमा सुत्केरी तथा बिरामी कुरुवा भुईमा बस्न बाध्य भएकाले बर्थिङ सेन्टर लाई शच्चया प्रदान गरेको नव जागृति महिला समुह देवस्थानकी कोषाध्यक्ष दिल कुमारी कुँवरले बताउनुभयो । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माए आमा र नानीको ज्यान शुरक्षित हुन्छ भन्नेर अधिकांश महिला स्वास्थ्य संस्थामा आउने गरेको तर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर व्यवस्थीत नहुदाँ सुत्केरी तथा बिरामीहरुले चरम समस्या खेप्नु परेको र उनीहरु लाई केही मात्रामा भएपनी राहात मिलोस भनेर आफुहरुले शच्चया सहयोग गरेको उहाँले बताउनुभयो ।
  यसै बिच उक्त समस्या लाई केही मात्रामा भएपनी सल्ट्याउनको लागी लगन शिल महिला समुह देविस्थानले देविस्थान स्वास्थ्य चौकी लाई ४ सेट कुर्सी सहयोग गरेको छ ।

Leave a Comment