you-price-design.jpg

पर्वतको फलेवास नगरपालिका पुर्ण खोप सुनिश्चित तथा साक्षर नगर घोषणा

  • २०७४ माघ १७ गते , बुधवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिका लाई पुर्ण खोप सुनिश्चित तथा साक्षर नगर घोषणा गरिएको छ । नगर क्षेत्र भित्रका ९७ प्रतिशत नागरिक अक्षर चिन्न,लेख्न र पढ्न सक्ने भएपछी नगर लाई पुर्ण साक्षर घोषाणा गरिएको हो भने नगर भित्रका ११ वटै वडाका सम्पूर्ण बालवालीकालाई आधारभुत खोपको मात्रा पुरा भएकाले पुर्ण खोप युक्त नगर घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै फलेवास नगर प्रमुख पदम पाणी शर्माले फलेवास नगरपालिका बिस्तारै समुन्नत नगर बन्दै गएको बताउनुभयो । शर्माले नगरवासी लाई शिक्षा,स्वास्थ्य,खानेपानी,सडक,बिधुत लगाएतका पुर्वाधारमा समाहित गर्दै समुन्नत उन्मुख नगर बनाउने बताउनुभयो । फलेवास नगरपालिका शिक्षा,स्वास्थ्य,खानेपानी,सडक,बिधुत लगाएतका पुर्वाधार बाट भरिपुर्ण भएको बताउदै यि सबै पुर्वाधार लाई अब थप व्यवस्थीत तवरले विकास गर्न नगरपालिकाले बिभिन्न योजना अगाडी बढाउको बताउनुभयो । उहाँले जनताका आधारभूत आवश्यकता पूरा हुने विकासका कार्यक्रम ल्याउन तथा जनताको घर आँगनमै सरकारी सेवा सुविधा पु¥याउन नगरपालिका अग्रसर भईरहेको बताउनुभयो । शिक्षा तथा स्वास्थ्य प्रणालीमा हिजोको दिनमा जसरी काम गरिएको थियो त्यसरी काम गर्दा परिवर्तन हुन नसक्ने बताउदै शर्माले नगरपालिकाले अब गूणस्तरिय शिक्षा र स्वास्थ्य सेवा दिनेमा जोड दिनुभयो ।नगर भित्रका जन्मे देखि १५ महिना सम्मका बालबालिकालाई सबै प्रकारका खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत नगरपालिका लाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका खोप सुपरभाईजर देवेन्द्र गुरुङले बताउनुभयो ।
पुर्ण खोप सुनिश्चित तथा साक्षर नगर घोषणा कार्यक्रममा वडाध्यक्ष द्धय भोलनाथ भुषाल,टिकाराम गौडेल,स्रोेत व्यक्ति भरत शर्मा लम्साल,शिक्षक संघ जिल्ला अध्यक्ष पुर्ण प्रसाद श्रेष्ठ,नेपाल शिक्षक संघगठन केन्द्रीय प्रतिनिधी उपेन्द्र थापा,स्वास्थ्य कार्यालय फलेवास प्रमुख लाल बा.थापा लागएतले बोल्नुभएको थीयो ।
  पुर्ण खोप सुनिश्चित नगर घोषणा गर्नका लागि सक्रिय सहयोग गरेको भन्दै स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी एवं स्वयंमसेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।
 उक्त अवसरमा नगर भित्रका बिधालय स्तरीय स्वास्थ्य गित प्रतियोगीतमा प्रथम हुने जनता मा.बि.देविस्थान,द्धितिय हुने मोडल अङग्रेजी आवसीय बोर्डीङ स्कुल र सान्त्वना हुने कालिका प्रा.बि.,शिशु निकेतन आधारभुत बिधालय र माझी गाँउ प्रा.बि.का प्रतियोगी बिधार्थी लाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थीयो ।
कार्यक्रमको सञ्चालन उत्तम प्रसाद घिमीरेले गर्नुभएको थीयो ।

Leave a Comment