you-price-design.jpg

साईकल बाटै समृद्धि

  • २०७४ माघ १४ गते , आईतवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिकाका पदम प्रसाद शर्माले साईकल डोहोर्याएर तरकारी बेच्न थालेको ४ बर्ष भयो । उहाँको साईकल भरी हरिया तरकारी हुन्छन् । साईकलमा तरकारी बेच्न थालेपछी शर्मा हिजो आज साईकले दाईको रुपमा परिचित हुनुहुन्छ ।

उहाँ साईकलमा तरकारी बोकेर आएको थाहा पाँउदा साथ स्थानीए बासीले उहाँलाई टाढै बाट भएपनी साईकले दाइ भन्दै बोलाउने गर्दछन् । यसअघि फलेवासमा यसरी तरकारी घर, घरै पु्रयाएर बेच्नेहरु नभएकाले पनि उहाँ  चर्चित हुनुभयो । उहाँको साईकलमा आफ्नै बारीमा फलेको तथा अरु संग किनेको तरकारी हुन्छ । आम्दानी पनि राम्रो भएको छ ।  आफूले फलाएको तथा अन्य किसानबाट विभिन्न मौसमी तथा बेमौसमी तरकारी संकलन गरी बिक्री गरेर मासिक २० देखी ३० हजार आम्दानी गर्न थालेको शर्मा बताउनुहुन्छ ।
बिहान सबेरै उठी तरकारी बेच्न गाँउ गाँउमा पुग्ने शर्मा फर्कदा बेर हुन्छ । तरकारी बिक्रीबाट भएको आम्दानीले दुई छोरा र दुई छोरीलाई राम्रो शिक्षा दिन सफल हुनुभएको छ । साईकलबाट भएको तरकारी व्यापारले ५ जनाको परिवार राम्रोसंग धानिएको छ ।
शर्माले टमाटर,आलु प्याज,लसुन,सिमी,काउली,बन्दा,भण्टा लगाएतका मौसमी तथा बेमौसमी तरकारी साईकल मार्फत ग्राहकको घर घरमा पगेर बिक्र गरिरहनुभएको छ । होम सर्भिस पाउदा ग्राहकहरुले निकै खुसी भएर उहाँको तरकारी किन्ने गरेका छन् भने बिबाह,ब्रतबन्ध लगाएतका भोजभतेरमा समेत तरकारीको अडर आउने गरेको छ ।
स्वदेशमै केहीँ गर्ने जोश जाँगर निकाल्ने हो भने सडक  बाट करोड पति बन्न सकिने शर्माको भनाई छ ।

Leave a Comment