you-price-design.jpg

मोती सामुदायिक पुस्तकालयको अध्यक्षमा कृष्णराज पौडेल चयन

  • २०७४ माघ १३ गते , शनिवार प्रकाशित


माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिका वडा नं. ५ स्थित मोती सामुदायिक पुस्तकालयको १० औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
शनिवार सम्पन्न साधारण सभाले कृष्णराज पौडेलको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा सुरक्षा लामिछाने,सचिवमा राम चन्द्र पुरी र कोषाध्यक्षमा हरि प्रसाद शर्मा पोखरेल चयन हुनुभएको छ ।
सदस्यहरुमा वडाध्यक्ष दिपक शर्मा पौडेल,फलेवास नगर कार्यपालिका सदस्य केशा कु.परियार,केश माया परियार,चित्र कु.सुनार,सुवास सापकोटा,टेक नारायण सापकोटा,नारायण लामिछाने,गोविन्द  सापकोटा,रुद्र  प्रसाद शर्मा चयन हुनुभएको छ ।
सल्लाहकार समिती संयोजकमा जगनाथ लम्साल र सह संयोजकमा बिष्णु शर्मा लम्साल रहनुभएको छ ।
१० औँ साधारण सभा लाई सम्बोधन गर्दै फलेवास नगरपालिका प्रमुख पदम पाणी शर्माले पुस्तक अध्यन बाट दिएको ज्ञानले नै समाज रुपान्तरण गर्न सक्ने बताउदै ग्रामिण भेगमा खुलेको पुस्तकालयले समुदायका मानिसहरु लाई ज्ञान,शिक्षा,चेतना,सन्देश फैलाएको भन्दै निकै प्रसंसा गर्नुभयो । शर्माले समाजका मानिसहरु लाई पुस्तकालयमा आएर पढ्ने बानी बसाल्न आग्रह गर्दै निरन्तरको अध्ययन बाटनै सिद्धान्तकार बन्न सकिने बताउनुभयो । ज्ञान बाट नै विकास,समृद्धी र परिर्वतन हासिँल गर्न सकिने बताउदै शर्माले लाईब्रेरीको उपभोग गरी आफ्नो ज्ञान फराकिलो पार्दै सक्षम व्यक्ति बन्न स्थानिएवासी लाई अह्वान गर्नभयो । मोती सामुदायीक पुस्तकालयको सर्वोपरी हित तथा चौतर्फी विकासको लागी नगरपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाई थीयो ।
मोती सामुदायीक पुस्तकालयका संरक्षक एवं समाज सेवी भोलनाथ शर्माले समाजका मानिसहरु लाई ज्ञान,चेतनाको स्तर फराकिलो बनाउदै समाज रुपान्तरण गर्नको निम्त्ति पुस्तकालयको स्थापना गरिएको बताउनुभयो । ज्ञान बिना समृद्धी पाप्त गर्न सम्भव नरहेको बताउदै पुस्तकालय बाट आर्जन गरिएको बिधा,वुद्धी र विवेकले नै समाज लाई सही मार्गमा हिडउन मद्दत पु¥याउने बताउनुभयो । शर्माले पुस्तकालय गरिब ताथ अति बिपन्न जनता लागएत सर्वसाधरणको विश्व बिधालय भएको भन्दै बैज्ञानिकहरुले पुतकालय लाई स्वर्ग भन्ने गरेको प्रशंग कोट्याउनुभयो । शर्माले संसारमा सबै भन्दा ठुलो किताब रहेको र किताब भित्रका बिषय बस्तु लाई गहिरो रुपमा अध्ययन गर्नाले नै लिडर सिपको मार्गमा हिड्न सक्ने बताउनुभयो ।
आजिवन सदस्य ईन्द्रकान्त शर्मा,वडा अध्यक्ष दिपक शर्मा,नारायण लामिछाने लगाएतले पछील्लो समय पुस्तकालयले समाजमा ल्याउने परिर्वतनको बारेमा धारण रख्नु भएको थीयो । रुम टु रुड सँग जोडिएको यस पुस्तकालयले पर्वतका १३६ वटा बिधालयमा पुस्तकालय स्थापना गरिसकेको छ । उक्त पुस्तकालय मा ५०० सय भन्दा बढी साधरण सदस्य र अजिवन सदस्य रहेका छन् ।
   उक्त अवसरमा कवि ईश्वर सत्यको १३ औँ कृति कल्याणको बिमोचन गरिएको थीयो ।


Leave a Comment