you-price-design.jpg

काठमाण्डौ बिश्वबिद्यालयको अनलाईन कक्षा अब फलेबासमा शुरुवात गर्ने तयारी

  • २०७४ माघ ११ गते , विहीवार प्रकाशित

 पर्वत

काठमाण्डौ बिश्वबिद्यालयको स्कुल अब एजुकेशनको अनलाईन कक्षा अब पर्वतको फलेबास नगरपालिकामा शुरुवात गर्ने गरी तयारी अगाडी बढाइएको छ । काठमाण्डौ बिश्वबिद्यालय,स्कुल अफ एजुकेशनले भवानी बिद्यापिठ माध्यामिक बिद्यालय फलेबास खानीगाउँको सहकार्यमा स्नातकोत्तर तहमा अनलाईन एजुकेशन कक्षा सञ्चालन गर्ने कार्य लाई अगाडी बढाएको हो ।    घरमा बसेर अनलाईनबाटै अध्ययन गर्न सकिने गरि दुर्गम क्षेत्रहरुमा पनि कक्षा सञ्चालन गर्न लागिएको काठमाण्डौ बिश्वबिद्यालय स्कुल अफ ल का सहायक प्राध्यापक डा. धनपति सुबेदीले बताए । तीन बर्षे स्नातक तह अध्ययन सकेका स्थानिय शिक्षकहरुले समेत अध्ययन गर्ने अवसर दिनका लागि अनलाईन एजुकेशन कक्षा पर्वतमा पनि शुरु गर्न लागिएको उनले जानकारी दिए । बिश्वबिद्यालयले ‘एजुकेशन म्यानेजमेण्ट एण्ड लिडरसिप’ बिषयमा अनलाइनबाटै अध्यापन गराउने छ । बिद्यार्थीहरुले अनलाइनबाटै भर्ना हुन सक्ने र एनरोइइड मोबाइलमा घरमै बसेर पनि पढ्न सक्ने सुबिधा समेत दिइएको छ । अनलाईनबाट दिइने शिक्षा कक्षा कोठामा भन्दा पनि बढी प्रभाबकारी हुँदै गएको र यसको बैधता समेत कक्षा कोठामा बसेर पढ्ने बिद्यार्थीको सरह हुने भएकाले ग्रामिण क्षेत्रमा समेत यसको लाभ लिन सक्ने भएका छन ।     भवानी बिद्यापिठलाई केन्द्र बनाएर पर्वतका सबै क्षेत्रका शिक्षक र बिद्यार्थीका लागि भर्ना खोलिने भवानी बिद्यापीठका बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा यो अभियानलाई पर्वतमा भित्र्याउन भूमिका खेलेका अभियान्ता भोलानाथ शर्माले जानकारी दिए । काठमाण्डौ बिश्वबिद्यालयका स्नातकोत्तर तहका बिद्यार्थीहरु इन्र्टन(अभ्यास शिक्षण)का लागि भवानी बिद्यापिठ र पर्वतका अन्य बिद्यालयमा समेत आउन सक्ने गरि सम्झौताको तयारी समेत भएको उनले जानकारी दिए । यसैबिच पर्वतका अनलाईन एजुकेशनको शुरुवात र काठमाण्डौ बिश्वबिद्यालयका बिद्यार्थीको अभ्यास शिक्षण बारेका एक दिने ‘एजुकेशन म्यानेजमेण्ट एण्ड लिडरसिप’ बिषयक अन्तरकृया कार्यक्रम समेत भवानी बिद्यापीठ गरिएको छ । फलेबास नगरपालिकाका माध्यामिक बिद्यालयका प्रअ, बाच्छा स्थित सामुदायीक बिधालयका का प्र.अ. कुस्माका तीन निजी बिद्यालयका प्रिन्सीपल, तथा बागलुङ्गको कुस्मीशेरा लगाएतका बिद्यालयका प्रअहरुको सहभागितामा अन्तरकृया गरिएको हो । अन्तरकृयामा बोल्दै प्रदेश सांसद एवं सबिधान सभाका सदस्य विकास लम्सालले काठमाण्डौ बिश्वबिद्यालयको स्कुल अब एजुकेशनको अनलाईन कक्षा अब पर्वतको फलेबास नगरपालिकामा शुरुवात गर्ने गरेको प्रति खुसीयाली व्यत्त गर्दै अनलाईन कक्षाले बिधार्थीको ज्ञान फराकिलो बनाउनुका साथै शैक्षिक सिकाई स्तर लाई बृद्धि गराउने उनको भनाई थीयो  ।    सामुदायिक र निजी बिद्यालयका प्रधानाध्यापक, त्यहाँ कार्यरत शिक्षक तथा भबिश्यमा शिक्षण पेशामा जान चाहनेहरुका लागि यो कोर्ष सबैभन्दा बढी उपयुक्त हुने लम्सालले दाबी गरे । अनलाईन एजुकेशन पढेका धेरै बिद्यार्थीहरुले अहिले मुलुकका नाम चलेका सामुदायिक र निजी बिद्यालयमा प्रधानाध्यापक र अन्य महत्वपुर्ण ठाउँमा नेतृत्व गरिरहेकोले पनि यसको उपयोगिता पुष्टि भएको उनको भनाई छ ।    कार्यक्रममा बिश्वबिद्यालयको स्कुल अफ एजुकेशनका सहायक प्रध्यापक डा. धनपति सुबेदी, तथ्याँकशास्त्री दुर्गाप्रसाद ढकाल, शिक्षाबिद् डा. राजु शर्मा लगायतले सहजीकरण गरेका थिए ।   

Leave a Comment