you-price-design.jpg

नहर मर्मत नहुँदा फलेबासमा २५ सय रोपनी खेत बाँझो

  • २०७४ माघ ११ गते , विहीवार प्रकाशित

 पर्वत

सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत हुन नसक्दा पर्वतको फलेबास नगरपालिका–४, मुडिकुवामा करिब २५ सय रोपनी जग्गा बाझो बनेको छ ।     गत जेठमा फलेबास–दोबिल्ला सडक निर्माणको क्रममा पुरिएको नहर अहिँले सम्म पुननिर्माण हुन नसक्दा २५ सय रोपनीको उर्वर फाँट बाँझो बन्न पुगेको हो ।  नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा अहिले खेत बाँझो भएको स्थानीय शालिग्राम लामिछानेले बताए । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यो वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उनको भनाइ छ । अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकोमा यहाँका किसान निराश छन् ।नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या परेको छ । उक्त नहरको मूल लमाए खोलामा छ । विगत ४ वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यान्नबाट राम्रो आम्दानी गर्दै आएका थिए । मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबीसे, नौबीसे, छबीसे, सातबीसेलगायतका फाँट अझै सिँचाइको अभावमा बाँझो छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेको स्थानीय घनश्याम भुसालले बताए । सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँ बाटोले बिग्रिएको कुलो मर्मत गर्ने मौखिक आश्वासन दिए पनि व्यवहारमा लागू गरेको छैन । तर, आयोजना प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको प्रतिक्रिया दिए ।   

Leave a Comment