you-price-design.jpg

उधमी खोज्दै फलेवास नगरपालिका ।।

स्थानिए स्तरमा रोजगारी सिर्जना ग्यारेण्टी हुन्छःनगर प्रमुख शर्मा

  • २०७४ माघ ११ गते , विहीवार प्रकाशित

पर्वत

पर्वतको फलेवास नगरपालिकाले नगर क्षेत्रका ११ वटा वडाका उधमीहरु लाई अभिमुखीकरण गराउने भएको छ  । स्थानीए तहको आर्थीक समृद्धि र उधमशिलता विकासको लागी उधमीहरु लाई लघु घरेलु उधमी सिर्जना सम्बन्धी अभिमुखीकरण गर्ने भएको हो । नगरपालिकाले बिहीबार मुडिकुवा बाट लघु घरेलु उधमी सिर्जना सम्बन्धीत अभिमुखीकरण कार्यक्रमको शुरुवात गरेको छ । नगरपालिकाले जिल्ला लघुं उधमी समुह पर्वतको प्राबिधिक सहयोग र घरेलु तथा साना उधोग विकास समिती पर्वतको समन्वयमा उधम गरौँ उधमशिल संस्कारको विकास गरौँ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम अगाडी बढाइएको हो । उद्यमीहरुको लघु कर्जा तथा बजारीकरणमा पहुँच विस्तारमा सहयोग पु¥याउने तथा उद्यमीहरुबाट संचालित व्यवसाय उद्यमहरुको सुधार तथा विस्तारमा सहयोग पु¥याउने तथा आर्थिक विकास गराउने उद्देश्यले उक्त अभियान सारेको नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ११ वटै वडामा उक्त कार्यक्रम सक्किसकेपछी सबै वडाका उधमीहरु लाई तालिम दिईने र तालिम बाट १५ जना उत्कृष्ट उधमी छनौट गर्ने बताउनुभयो । छनौट भएका उधमीहरु लाई नगरपालिकाले आर्थीक तथा प्राबिधीक सहयोग गर्ने शर्माको भनाई छ । अभिमुखिकरणको शुभारम्भ गर्दै शर्माले स्थानीए स्रोत,साधन र सिप लाई उपयोग गरी स्थानिए स्तरमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अभिमुखिकरण कार्यक्रममा घरेलु तथा साना उधोग विकास समिती पर्वतका प्रमुख उधोग अधिकृत विष्णु प्र.न्यौपानेले जिल्लामा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट अनुदान सहित प्रत्येक वर्ष प्रविधि वितरण भईरहेको र सो बाट समेत लाभ लिन सम्बन्धीत निकाय संग समन्वयमा रहन सहभागीहरुलाई आग्रह गर्नु भयो । उहाँले केहीँ गर्छु भन्ने उधमीहरु लाई सहयोग गर्ने बताउदै उधमशिलता बाट गरिबको आयआर्जनमा वृद्धि गरी गरिब र धनी बिचको खाडल लाई घटाउन सकिने स्पष्ट पार्नुभयो । जिल्ला लघुं उधमी समुह पर्वत तथा कार्यक्रमकी संयोजक सिता शर्माले सहभागीहरु सँग व्यवसायीक योजना,लगानी गर्ने मात्रा यकीन, लगाएतका बिषय बस्तुमा केन्द्रित रही छलफल गरी सफल उधमी बन्ने सपना बोकेका व्यवसायी तथा उधमीहरु लाई बिभिन्न तालिम दिने र उनीहरु लाई उत्कृष्ट उधमी बनाउने अठोटका साथ नगरपालिकाका सबै वडाहरुमा उत्त कार्यक्रम लैजान लागेको बताउनुभयो । सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगी÷व्यवसायिहरुले जिल्लाको आर्थिक विकास र समृद्धिमा महत्वपुर्ण योगदान पु¥याउन सकिने भएकोले सम्पूर्ण उद्योग र व्यवसायको विकास हुन अपरिहार्य रहेको धारण राख्नुभयो । वडा अध्यक्ष टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सफल उधमी केशा कु.दमिनी लागएतले बोल्नुभउको थीयो भने सञ्चालन घरेलु तथा साना उधोग विकास समिती पर्वतका उधोग प्राबिधीक गणेश शर्मा अधिकारीले गर्नुभएको थीयो । उक्त कार्यक्रम शुक्रबार खानिगाँउमा आयोजान गरिएको छ ।  

Leave a Comment