you-price-design.jpg

माघ १८ गते पर्वत जिल्ला पुर्ण साक्षर घोषणा हुँदै ।।

  • २०७४ माघ १० गते , बुधवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वत जिल्लालाई यहीँ माघ १८ गते पुर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ ।  जिल्लाका १५ देखी ६० बर्ष उमेर समुहका ९६.९३ प्रतिशत नागरिक अक्षर चिन्न पढ्न र लेख्न सक्ने भएपछी पर्वत लाई पुर्ण साक्षर घोषणा गर्ने तयारी अगाडी बढाइएको जिल्ला शिक्षा कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।९७.४१ प्रतिशत अर्थात ३१ हजार ५ सय पुरुष र ९६.६१ प्रतिशत अर्थात ४६ हजार ७ सय १० महिला साक्षर रहेको जिल्ला शिक्षा कार्यालयको घरधुरी सर्वेक्षणमा देखाईएको छ । साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा  ९६ दशमलव ९३ प्रतिशत प्रगति रहेको देखिएको छ ।  जिल्लाका ६१ वडा मध्य ५७ वटा वडाहरु पुर्ण साक्षर भईसकेको र बाकीँ ४ वटाहरु वडाहरु लाई बिहीबार ११ गते  पुर्ण साक्षर घोषण गर्ने तयारी भईरहेको छ । त्यसपछि माघको १८ गते जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले पत्रकार सम्मेलनमा १५ देखी ६० बर्ष उमेर समुहका २ हजार ४ सय ७४ नागरिक निरक्षर भएको जनाएको छ । उनीहरु लाई पनि केहीँ बर्षमै साक्षर बनाउन स्थानीए तह सँग समन्वय गरेर कार्ययोजना अगाडी बढाईसकिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताउनुभयो ।   

Leave a Comment