you-price-design.jpg

पर्वतको लुंखुमा द्वन्द्वकालमा विस्थापित बैंक १७ वर्षपछि फर्कियो,लम्सालले पुर्नस्थापना गरे

  • २०७४ माघ ९ गते , मंगलवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा सशस्त्र द्धन्द्ध कालमा बिस्थापीत बैँक पुनःसञ्चालनमा आएको छ । द्वन्द्वकालमा असुरक्षाका कारण विस्थापित भएको बैँक १७ बर्ष पछी पुर्नस्थापना भएको हो । २०३८ सालमा शाखा संचालन भएको बैंक १९ वर्ष  सेवा दिएर १० वर्षे द्वन्द्वकालमा असुरक्षाका कारण भन्दै २०५७ सालमा विस्थापित भएको थियो । देशभर राष्ट्रिय वाणिज्य बैंकका १ सय शाखाहरु द्वन्द्वकालमा विस्थापित भई सदरमुकाम सरेका थिए । नेपाल सरकारले स्थानीय तहको बजेट राख्नका लागि बाणिज्य बैंकमै खाता खोल्नुपर्ने व्यवस्था गरेअनुसारनै द्धन्द्धकालमा बिस्थापीत राष्ट्रिय बाणीज्य बंैकको शाखा पुनः सञ्चालनमा ल्याईएको हो । सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने अभियान अन्तर्गतनै महाशिला गाँउपालिकाको लुंखुदेउरालीमा बाणिज्य बैंकको शाखा सञ्चालनमा ल्याएको  राष्ट्रिय बाणीज्य बंैक लुंखुदेउराली शाखाका प्रमुख ज्ञान प्रसाद भुषालले बताउनुभयो । यस शाखा बाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैँकको निती निर्णय बमोजिम सरकारको सम्पुर्ण खाता संचालन गरिने उहाँले बताउनुभयो । यस शाखा बाट बैँकका अन्या शाखाहरुमा जस्तै सर्वसाधरण,उधमीले सबै प्रकारका निक्षेप तथा कर्जा करोबार सुविधा,रकम लगाएत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने उहाँको भनाई थीयो । रष्ट्रिय बाणीज्य बंैकले १७३ वटा स्थानमा बैंकको शाखा खोलीसकेको छ । तर पर्वतमा भने राष्ट्रिय बाणीज्य बंैकको शाखा कुश्मा नगरपालिका बाहेक अन्य स्थानीए तहमा खुल्न सकेको छैन । बैंकको शाखा खोल्नकालागि बिजुली, बाटो, सुरक्षा र बजारको आवश्यकता लगाएतको व्यवस्था भएको हुनुपर्ने भएता पनि स्थानीए तहमा त्यस्तो सुबिधा अझै पुग्न नसकेकाले बाणिज्य बैंकको शाखा विस्तारमा केहि चुनौती रहेको रष्ट्रिय बाणीज्य बंैक क्षेत्रीय कार्यालयका उप प्रबन्धक रामचन्द्र पौडेलले बताउनुभयो ।  उक्त शाखामा प्रदेश सांसद एवं संबिधान सभाका पुर्व सदस्य विकास लम्सालले  चेक साटेर बैँकीङ कारोबार शुरु गर्नुभएको थीयो । बैंक पुर्नस्थापनाको क्रममा लम्सालले बैंकीङ कारोबार गर्न सदरमुकाममानै दौडिनुपर्ने र सदमुकाम बाट लाखौँ रकम लिएर गाँउ गाँउ जानुपर्ने विकराल समस्याको अब अन्त्य भएको बताउनुभयो । लम्सालले सदरमुकाममा बैँकहरुको भिडनै भए पनी ग्रामीण भेगमा एउटा पनि बैंकको पहुँच पुग्न नसक्दा स्थानीए बासीले सास्ती खेप्नु परेको बताउदै स्थानीए तहमा संचालन भएको बाणिज्य बैँकले छिटो,सरल र सहज बैँकीक सेवा ग्राहक समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।  अब छिट्टै स्थानीए तहमा पुर्वाधार विस्तार गरी सबै तहमा सरकारी कारोबार गर्न स्वीकृत प्राप्त बैंकहरु सञ्चालनमा ल्याउन आफुले भग्मग्दुर प्रयास गरिरहेको बताउनुभयो । सबै स्थानीय तहमा बैंकको शाखा विस्तारका लागि पुर्वाधार तयार पार्न पनि उहाँले अनुरोध गर्नुभयो । बैंकको पुर्नस्थापना कार्यक्रममा महाशिला गाँउपालिका प्रमुख राजु प्रसाद पौडेल,वडाध्यक्ष जिवन उच्चै ठकुरी,गाँउपालिकाका प्रशासकिय अधिकृत पिताम्बर रिमाल लगाएतले बैँक सञ्चालनमा सहजता ल्याउन आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । बैँक सञ्चालनमा आएपछी बैकीङ कारेबार गर्न दिनहुँ लागेर कुश्मा तथा पोखरा पुग्न बाध्य स्थानीए बासीमा निकै खुसीयाली छाएको छ ।    

Leave a Comment