you-price-design.jpg

महिलाहरुले चलाएको बिधालयमा पुगेर उपमेयर अधिकारीले भन्नि देशै चलाउन महिला तयार छन्

  • २०७४ माघ ८ गते , सोमवार प्रकाशित

माधब पराजुली ,पर्वत

पर्वतको फलेवास नगरपालिका वडा नं.६ देविस्थान स्थित कालिका आधारभुत बिधालयको १६ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ऋषिपञ्चमीको अवसर पारी बिधालयले एक कार्यक्रमको आयोजना गरि सरस्वती पुजाका साथै १६ औँ बार्षिकोत्सव मनाएको हो । २०६८ सालमा स्थापना भएको उक्त बिधालय हाल महिलाहरुले मात्र सञ्चालन गरेका छन् । महिलाहरुले मात्र सञ्चालन गरेको बिधालएको बार्षिकोत्सव समारोह लाई सम्बोधन गर्न जानुभएकी फलेवास नगरपालिका उपप्रमुख मञ्जु अधिकारीले महिला हरेक कार्यमा सक्षम छन् भन्ने कुरा प्रमाणित भैसकेको बताउनुभयो । उहाँले देशै चलाउने जिम्मा महिलाहरु लाई दिएमा देश चलाउन समेत महिलाहरु तम तयार रहेको बताउनुभयो । महिलालाई यो समाजले घरधन्दा चलाउने जिम्मा लगाएका छन् त्यसलाई पनि महिलाले निष्ठाका साथ पूरा गरेका छन् उहाँले भन्नुभयो”  घर–व्यवहारका लागि आवश्यक हर निर्णय महिलाले सजिलै गरेका छन् । घर धन्दा मात्र नभई दशै चलाउने जिम्मा महिलाहरुले पाए पनि सजिलै चलाउने छन् उहाँले भन्नुभयो” ।  सामाजिक अभियन्ता नेपाली महिलाहरू निर्णयको कुरामा मात्र होइन हरेक कुरामा सक्षम भएको तर स्वतन्त्रताको कुरामा भने निकै पछी परेको उहाँको भनाई थीयो । महिलाहरुले चलाएको बिधालयको निकै प्रशंसा गर्दै स—साना बालबालिकाहरु हुर्काउने बढाउने तथा पढाउने सबै कार्य देशका महिलाहरुले नै धान्दिएको बताउनुभयो । महिलाहरुले चलाएको उक्त बिधालय बाट अन्य  ठाँउका महिलाहरु लाई थप हौसला मिल्ने बताउदै अधिकारीले महिलाहरु थप सशक्त बन्नुपर्नेमा जोड दिनुभयो ।    बिधालयको १६ औँ बार्षिकोत्सव समारोहमा बिधालयका संस्थापक अध्यक्ष एवं नेकपा एमाले  वडा कमिटी अध्यक्ष नारायण प्रदानले सर्वाेत्कृष्ट अकं ल्याउने बिधार्थी लाई हरेक बर्ष रु. एक हजार रकम प्रदान गर्ने घोषणा गर्नुभयो । बार्षिकोत्सव समारोहमा फलेवास नगरकार्यपालिका सदस्य निर्मला भुषाल, फ.न.पा.६ की वडा सदस्य निर्मला नेपाली, बिधालयका पुर्व अध्यक्ष सुरज के.श्रेष्ठ, बिधालय व्यवस्थापन समितीका सदस्य सुरेश कु.श्रेष्ठ,(निर्मल) छात्रा अनुसा तिवारी लगाएतले बोल्नुभएको थीयो । बार्षिकोत्सव समारोहमा बिधालयमा उत्कृष्टहुने बिधार्थीहरु लाई पुरस्कार वितरण गरिनुका साथै अक्षयकोष मार्फत छात्रबृत्ति प्रदान गरिएको थीयो । कार्यक्रममा स साना बिधार्थीहरुले उत्कृष्ट नृत्य समेत प्रस्तुत गरेका थीए भने लोक गायीका प्रतिभा कुँवरको बेजोड साङ्गेतीक प्रस्तुती रहेको थीयो ।      बिधालयका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता,शिक्षिका मिना कुँवरको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिधालकी प्र.अ.प्रेमकला शर्माले गर्नुभएको थीयो ।  यसै बिच उक्त बिधालय भित्र रहेको सरस्वती मन्दिरको भव्य पुजा पाठ लगाएर शुभारम्ब गरिएको छ । बिधालयका संस्थापक सदस्य,समाज  सेवी एवं सफल व्यवसायी सुरेश कु.श्रेष्ठ,(निर्मल)को आर्थीक सहयोगमा सरस्वती मन्दिरको निर्माण गरिएको हो । मन्दिर निर्माण गर्न .८४ हजार ५ सय ११ रुपैँया बराबारको लागत लागेको श्रेष्ठले बताउनुभयो । सरस्वती पुजाको अवसरमा वडा अध्यक्ष भोलनाथ भुषाल र समाज सेवी भोलनाथ शर्माले उक्त सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको हो ।  

Leave a Comment