you-price-design.jpg

ब्रह्मा कु. ईश्वरीय विश्व विधालय खानिगाँउले विश्व शान्ति दिवस मनायो ।।

  • २०७४ माघ ४ गते , विहीवार प्रकाशित

पर्वतको फलेवास नगरपालिका वडा नं. ५ स्थित ब्रह्मा कु. ईश्वरीय विश्व विधालय खानिगाँउले विश्व शान्ति दिवस मनाएको छ । पिताश्री प्रनापती ब्रह्माको अव्यक्त आरोहण दिवस जनावरी १८ को अवसरपारी विश्व शान्ति दिवस मनाइएको हो । विश्व शान्ति दिवस वा ’अन्तर्रा्ष्ट्रिय शान्ति दिवस’ हरेक बर्ष पिताश्री प्रनापती ब्रह्माको स्मृतिमा मनाउदै आएको ब्रह्मा कु. ईश्वरीय विश्व विधालय खानिगाँउकी प्रमुख जानकी दिदज्यूले जानकारी दिनुभयो । यो दिवस लाई सबै देशहरु र मान्छे को बीच स्वतंत्रता, शांति र खुशी को एक आदर्श मानिने उहाँको भनाई छ ।  ’विश्व शान्ति दिवस’ मुख्य रूप देखि मनाने को लागि शांति र अहिंसा को रुपमा मनाईने हुदाँ शान्त सबै लाई हुने उहाँले बताउनुभयो । स्वार्थ र घृणाले मानव समाज भरिन नदिने गरी ’विश्व शान्ति’ को सन्देश हरेक युग र हरेक दौर मा गएको , तर यसको अमल मा ल्याउनेहरूको संख्या अत्यन्त कम हुँदै गएको उहाँले बताउनुभयो । दिवसको अवसरमा फलेवास नगरपालिका उपप्रमुख मञ्जु अधिकारीले असन्तुष्ट,पिर मर्काको कालोहाल,चिन्ता,रिस,राग लगाएतले भरिएको मानिसको मन निर्मल पार्न ब्रह्मा कु. ईश्वरीय विश्व विधालय खानिगाँउले मार्ग प्रसस्त गरेको बताउनुभयो । भिन्न भिन्न मुल्य र मान्यता रहेका नेपालमा मनाईने  बिभिन्न दिवसले नेपाल र नेपालीको संस्कृती झलकाउने बताउदै उहाँले नेपाली जनता सँग प्रत्यक्ष जोडिएका बिभिन्न संस्कृति लाई जर्गेना गर्न सबै समुदाय लाग्नुपर्ने बताउनुभयो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी समाजसेवी भोलनाथ शर्मा सहितका एक सय भन्दा बढी मानिसहरु लाई ब्रह्मा कु. ईश्वरीय विश्व विधालय खानिगाँउकी शहनशिला ज्यूले भरपुर मानोरञ्जन दिलाउनुभएको थीयो ।  

Leave a Comment