you-price-design.jpg

अङग्रेजीमा दक्ष बनाउन फलेवास नगरपालिकाका शिक्षकहरु लाई तालिम

  • २०७४ माघ ३ गते , बुधवार प्रकाशित

  आगामी शैक्षिक सत्र देखी अङग्रेजी माध्याममा पठनपाठन सञ्चालन गर्न लागेको पर्वतको फलेवास नगरपालिकाले नगर भित्रका ११ वटै वडाहरुमा रहेका बिधालयका शिक्षकहरु लाई तालिम दिन शुरु गरेको छ । नगर भित्रका ५७ वटा बिधालयका शिक्षकहरु लाई दक्ष बनाउन अङग्रेजी माध्याममा शिक्षणको  तालिम दिन शुरु गरिएको हो । नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजी माध्यमबाट गर्ने गराउने निर्णय नगरपालिकाले गरे सँगै दक्ष जनशक्ति तयार पार्न थालिएको नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।  “शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अनिवार्यरुपमा अंग्रजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएकाले आगामी शैक्षिक सत्र सम्ममा शिक्षक लाई दक्ष बनाउन तालिम प्रदान गरेको उहाँको भनाई छ । सामुदायीक बिधालयमा अङ्ग्रेजी बिषयको शैक्षिक स्तर निकै कमजोर रहेको र स्थानीए स्तर बाटनै अब सामुदायीक बिधालयमा अङ्ग्रेजी माध्यममा पठन पाठन गराउनुपर्ने आवाज चर्को आएपछी नगरपालिकाले सामुदायीक बिधालयमा अङ्ग्रेजी माध्यममा पठन पाठन सञ्चालन गर्न लागेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो । शिक्षा पद्धतिमा सुधारको आवश्यकता रहेकोले अहिँलेको समय र परिवेशले आङग्रजीमा दक्ष व्यक्ति खोजी रहेकोले देश तथा बिदेशको शैक्षिक गन्तब्य निर्धारण गर्न आङग्रजी माध्यममा पठनपाठन सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । ११ वटै वडाहरुमा बुधबार एकै साथ तालिमको शुभारम्भ गरिएको छ । फलेवास नगरपालिकाको शंकरपोखरी बाट नगर प्रमुख पदमपाणी शर्मा र खानिगाँउको भवानी बिधा पिठ मा.बि. बाट उप प्रमुख मञ्जु अधिकारी र मुडीकुवा बाट अधिकृत मोती प्र.सापकोटाले तालिमको शुरुवात गर्नुभएको छ । अन्य वडाहरुमा वडाध्यक्ष,शिक्षा अधिकृत र स्रोत व्यक्तिहरुले शुभारुम्भ गर्नुभएको छ ।   

Leave a Comment