you-price-design.jpg

काठमाडौँ स्कुल अफ “ल”ले थाल्यो फलेवास बाट स्थानीए तहमा सुशासन सम्बन्धी नागरिक सचेतना अभियान

  • २०७४ पौष २८ गते , शुक्रवार प्रकाशित

काठमाडौँ स्कुल अफ “ल” र नेपाल बिधार्थी सञ्जाल नेल्साले स्थानीए तहमा सुशासन सम्बन्धी नागरिक सचेतना अभियान चलाएको छ ।  शुक्रबार पर्वतको फलेवास नगरपालिका बाट उसले सुशासन सम्बन्धी नागरिक सचेतना अभियान चलाएका हो । उसले पहिलो पटक फलेवास नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु सँग स्थानीए तहले समयमै गर्नुपर्ने काम कार्यहरु तथा सुशासनको बारेमा छलफल गरेको हो ।
नागरिकसँग  प्रत्यक्ष रुपमा सरोकार राख्ने र विकास निर्माणका कार्यहरुमा ठुलो भुमीका खेल्ने एउटा राज्यको अंगको रुपमा स्थानीए तह बनेकाले स्थानीए तहका जनप्रतिनिधीहरुलाई समयमै सचेत गराउन यस्तो अभियान थालेको नेपाल कानुन बिधार्थी सञ्जाल काठमाडौँ स्कुल अफ ल की सदस्य सुनिता गुरुङले जानकारी दिनुभयो । संबिधानले स्थानीए तह लाई भरिपुर्ण अधिकार दिएको भन्दै नागरिकले आफ्नै वडा आफ्नै गाँउपालिका तथा नगरपालिकाहरु बाट आवश्यक सुविधा लिन सक्ने भएता पनि कानुनी मिचेरै नागरिकका अधिकारहरु कुल्चने प्रयास नहोस भनेर यस्तो अभियान थालेको काठमाडौँ स्कुल अफ ल की योजना लम्सालले बताउनुभयो ।
स्थानीए तहमा सुशासन सम्बन्धी नागरिक सचेतना कार्यक्तममा बोल्दै फलेवास नगरपालिका प्रमुख शर्माले बिधार्थीहरुले चालेको उक्त कार्यको निकै प्रसंशा गर्दै स्थानीए तहमा आएका अधिकारहरु लाई जनता माझ पु¥याउने कुरामा नगरपालिकाले कुनै नागरिक लाई भेदभाव नगर्ने बताउनुभयो । शर्माले स्थानीए तहमा आएका अधिकार भरपुर मात्रामा प्रयोग गरी जनता लाई घर दैलोमै सरकार आएको अनुभुती गराउने गरी काम गर्ने बताउनुभयो । जनताको अधिकार कुन्ठित गर्ने काम आफुहरुले कल्पना समेत गर्न नसक्ने उहाँको भनाई थीयो । नगरपालिकाले आर्थीक समृद्धि,विकास र समारिक सन्तुलनका बिषयमा देशकै नमुना नगर बनाउने बताउनुभयो ।
फलेवास नगर उपप्रमु मञ्जु अधिकारीले काठमाडौँ स्कुल अफ ल र नेल्साले भविष्यमा संचालन गर्ने अन्य बौद्धिक,पाज्ञिक कार्यक्रम एवं सामाजिक अभियानहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
काठमाडौँ स्कुल अफ लका बिधार्थीहरु सुनिता गुरुङ,योजना लम्साल,अन्जली तिवारी,सागर बराल र प्रताप अधिकारी लगाएतको टोलीले नगरपालिका सँग छलफल गरेको थीयो


Leave a Comment