you-price-design.jpg

ट्राफिक प्रहरी कार्यलय पर्बत द्धारा ५ महिनामा २० लाख राजश्व संकलन

  • २०७४ पौष २६ गते , बुधवार प्रकाशित

सुबास लामिछाने,पर्बत/
जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले चालु आर्थिक बर्षको साउन देखि ५ महिनामा झण्डै २० लाख बराबर राजश्व संकलन गरेको छ । टा«फिक नियमहरुको पालना नगर्ने ३३ सय वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप १९ लाख ५९ हजार ५सय रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलयका प्रहरी जबान सुदिप सापकोटाले जानकारी दिनुभएको छ । जसमध्ये सबैभन्दा धेरै कार तथा जिप कारबाहिमा परेका छन् । ५ महिनाको अबधिमा १ हजार ८३ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट ६ लाख २९ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै १ हजार १० मोटरसाईकल कारवाहि बाट ६ लाख ४२ हजार ५ सय ६ सय ४ बसको कारवाहिबाट ३ लाख ३५ख हजार ५ सय ३ सय ३८ ट्रकको कारवाहिबाट १ लाख ६८ हजार ५ सय र २ ुय ६५ टे«क्टरको कारबाहि बाट १ लाख ५६ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक कार्यलय पर्बतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटको भनाई छ । आफुहरुको सक्रियताको कारण लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उहाले बताउनुभयो । पर्बतमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहिमा परेका छन् । त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको समेत प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलयले आफ्नो सक्रियता बढाउनको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत थालेको छ ।

Leave a Comment