you-price-design.jpg

पर्वतको बनौमा वडामै योजना सम्झौता

  • २०७४ पौष २५ गते , मंगलवार प्रकाशित

  सन्तोष गौतम, बेनी

पर्वतको जलजला गाउँपालीकाले ९ नम्बर वडा बनौमा चालु आर्थिक वर्षमा सञ्चालन हुन लागेका पूर्वाधार योजनाहरुको वडामै सम्झौता गरेको छ । गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र गाउँकार्यपालीकाको भौतिक पूर्वाधार निर्माण समितिका संयोजक देवेन्द्र भण्डारी (रवी) सहितको टोलीले मंगलबार बनौमा पुगेर योजना सम्झौता गरेको हो । अपायक पर्ने र बिकटताका कारण गाउँपालीकामा योजना सम्झौता गर्न स्थानीय उपभोक्तालाई असहज, झञ्जट र दुख हुने भएकाले वडामै पुगेर सबै प्रक्रिया पुरा गरि सम्झौता गरिएको भण्डारीले जानकारी दिनुभयो । बनौका वडा अध्यक्ष गौबहादुर पूर्जा पुनले पूर्वाधार निर्माण सम्बन्धि १४ वटा योजनाको सम्झौता भएको बताउनुभयो । गाउँमै योजना सम्झौता भएपछि गाउँपालीकामा धाउनुपर्ने समस्या हटेको छ । सडक, भवन, खानेपानी लगायत विभिन्न योजनाहरुको पहिलेनै प्राबिधिकले सर्वेक्षण गरिसकेका थिए । योजना सम्झौतासंगै उपभोक्ता समितिका पदाधीकारीहरुलाई योजना कार्यान्वयनका क्रममा अपनाउनुपर्ने बिधी प्रक्रियाको बारेमा जानकारी समेत गराइएको थियो । सोही अवसरमा बनौमा सञ्चालीत उद्योग र व्यवसायहरुको समेत अनुगमन गरी दर्ताका लागि आग्रह गरिएको थियो ।

Leave a Comment