you-price-design.jpg

फलेवासका ५० जना कृषकहरु लाई व्यवसायीक बाख्रा पालन तालीम प्रदान

अर्को बर्ष देखी सबै वडामा कृषि प्राबिधीक पुग्छन्ःनगर प्रमुख शर्मा

  • २०७४ पौष २५ गते , मंगलवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिकाका ५० जना कृषकहरु लाई व्यवसायीक बाख्रा पालन सम्बन्धी तालीम प्रदान गरिएको छ । फलेवास नगरपालिकाले कृषि विकास र समृद्धी जनता माझ पु¥याउने उद्देश्यले नगर क्षेत्र भित्रका बाख्रा पलक कृषकहरु लाई ३ तिने व्यवसायीक बाख्रा पालन तालिम दिएको हो । नगरपालिकाका ११ वटै वडाका एक दर्जन भन्दा बढी बाख्रा पालेका कृषकहरु लाई व्यवसायीमुखी बनाउन ३ दिने तालिम प्रदान गरिएको फलेवास नगरपालिका पशु सेवा शाखा प्रमुख पशु विकास अधिकृत बिष्णु प्र.पाण्डेले बताउनुभयो । बाख्राको औषधी उपचार,दाना पानी,खोर व्यवस्थापन,जातहरु,प्रजन्न,रोग,आहारा व्यवस्थापन,बाह्रैमहिना हरियो घाँस,व्यवसायीक र आर्थीक तथ्याङ् लगाएतको बिषय बस्तु बारे तालिममा सिकाइएको तालिमको सहजीकरण समेत गर्नु भएका पाण्डेले बताउनभयो । २३ गते देखी सञ्चालन गरिएको तालिमको मंगलबार समापन गर्दै फलेवास नगरपालिका प्रमुख पदपाणी शर्माले कृषिमा विकास र समृद्धी कृषक माझ पु¥याउने उद्देश्य अनुरुप नगरपालिकाले तालिम आयोजना गरेको बताउदै तालिममा सिकेका बिषय बस्तुहरु लाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले कृषकहरु निर्वामुखी भन्दा व्यवसायीमुखी बनी आफ्नो दैनिक जिवन स्तर लाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । बाख्रा पालक कृषकको हक हितका लागी तालिम प्रदान गरेको बताउदै उहाँले नगर क्षेत्र भित्रका अन्य लघुउधमी तथा गाँई,भैसी,कुखुरा पालक कृषकहरु लगाएत लाई समेत तालिम दिई उनीहरुको आर्थीक स्तर बृद्धी गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो ।  उहाँले आगामी बर्षदेखी एक गाँउ एक कृषि प्राबिधक भन्ने नारा लाई अगाडी बढाउने बताउनुभयो । गाँउ गाँउमा प्राबिधक पुगेपछी किसान लाई कृषि सम्बन्धी सुझाव सल्लाह लिन सहज हुने बताउनुभयो । ७ वटा वडामा कृषि प्राबिधक पुगीसकेको र आगामी बर्षमा नगरपालिकाका ११ वटै वडाहरुमा प्राबिधक पुगीसक्ने उहाँको भनाई थीयो ।  फलेवास नगरपाकिलाका अधिकृत मोती प्रसाद सापकोटाले नगरपालिकाले तालिम पश्चात कति कृषक व्यवसायीक बने्  भनी कृषकहरुको घर घरमा  पुगी निगरानी गर्ने हुदाँ तालिममा सिकेका बिषय बस्तुहरु लाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो । उहाँले निर्भामुखी कृषक भन्दा पनि व्यवसायीक कृषक बनी समाजमा गतिलो उदाहारण दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी बाख्रा पालक कृषक लाई प्रमाण पत्र समेत प्रदान गरिएको थीयो ।  

Leave a Comment