you-price-design.jpg

गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछी पर्वतको लिमीठाना र कुर्घाका पशु पालक किसान खुसी

  • २०७४ पौष २५ गते , मंगलवार प्रकाशित


माधब पराजुली,पर्वत

पर्वतको कुर्घाका किसान बुद्धीराम शर्मा हिजो आज खुशी हुनुहुन्छ । अब दुधको भाँडो बोकेर तीन घण्टा हिंड्दै कुस्मा बजार पुग्नु पर्ने बाध्यता छैन । अनि दूध फाट्ला भन्ने चिन्ता पनि छैन । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भन्दै शर्मा जस्तै धेरै पशुपालक किसान खुशी छन् ।
दुध बिक्री बितरण गर्न निकै समस्या खेप्नु परेको र अब गाउँमै खुलेको दूग्ध चिस्यान केन्द्रमा जम्मा गरेर बिक्री गर्न सहज भएको कृषक देबी शर्मा बताउनुहुन्छ ।
गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछी आफुले उत्पादन गरेको दुध उज्यालो नहुँदै बोकेर कुश्मा बजारतिर कुद्न बाध्य किसानको समस्या हटेको छ ।
पशुपालक किसानलाई लक्षित गरेरे चार वर्षअघि किसानहरुले खोलेको चिसापानी सहकारी संस्थाले चिस्यान केन्द्र स्थापना गरेको हो । गाँउमा चिस्यानकेन्द्र नहुँदा दुध बिक्री गर्न किसानले निकै सास्ती खेप्नुपरेककाले किसानकै हितका लागि चिस्यान केन्द्र खोलेको सहकारीका अध्यक्ष युवराज शर्माले बताउनुभयो ।
यस गाउँमा गाई र भैँसी पालेर दूध उत्पादन गर्ने ५० घरधुरी किसानहरु आवद्ध छन् । उनीहरुले उक्त दुग्ध चिस्यान केन्द्रमा दूध जम्मा गर्न थालेका छन् । एक जना किसानले नै दैनिक १५देखी ४० लिटरसम्म दूध विक्री गर्दै आएको सहकारीकी सचिब सोभा कुमारी केसीले बताउनुभयो ।

 किसानले हरेक दिन बिहान र बेलुकी ६ बजेदेखि ८ बजेसम्म चिस्यान केन्द्रमा दूध संकलन गर्ने गरेका छन् । किसानले दूधको प्रतिलिटर ३५ देखि ४८ रुपैयाँसम्म पाउँछन् ।
दूग्ध चिस्यान केन्द्र सन्चालनका लागि कूल रु ४० लाख खर्च भएको छ । त्यसमध्ये संसद विकास कोष मार्फत ३ लाख,जिल्ला पशुसेवा कार्यालयले रु ६ लाख सहयोग गरेको र  बाँकी रु. ३१ लाख भने किसानबाटै जम्मा भएको रकम लगानी गरेर सहकारीले चिलिङ फ्याट नाप्ने मेसिनसहितको चिस्यान केन्द्र स्थापना गरेको छ । यस चिस्यान केन्द्र बाट मासकि ५ लाख बराबरको दुध बिक्री बितरण हुने गरेको छ ।






Leave a Comment