you-price-design.jpg

पर्वतमा यस बर्ष ३ हजार मेट्रिकटन सुन्तला उत्पादन

  • २०७४ पौष २४ गते , सोमवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतमा यस बर्ष गत बर्ष भन्दा सुन्तला उत्पादन बृद्धि भएको छ । जिल्लामा यस बर्ष ३ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । जिल्ला कृषि विकास कार्यलयका अनुसार यो बर्ष गत बर्ष भन्दा  ७ प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको  हो । पर्वतमा गत बर्ष २६ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस बर्ष  ४ सय मेट्रिकटन सुन्तला बढी उत्पादन भएको हो । पर्वतमा ७ सय हेक्टर जमिनमा सुन्तला खेती हुदै आएको जिल्ला कृषि विकास कार्यलय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । किसानहरुले मल, किटनाशक बिषाधिको प्रयोग, बगैचा सुधार गरेकोले तथा यसबर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा बृद्धि भएको उहाँले बताउनुभयो । पछील्लो सयम जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई विरुवा, विभिन्न औषधी र मलहरु समेत दिईने गरेको कारण सुन्ताला खेती तर्फ किसानको आकर्षण बढेको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्र्तगत पर्वतको माझफाँट,बासखर्क लाई व्लक तथा लेकफाँट,शालीजा,दुर्लुङ,बाजुङ,देउपुर,बासखर्क,चित्रे,तिलाहार,भोक्सिङ,होश्राङदी,हुवास,त्रिवेणी,टकलाक,पाङग्राङ,कुर्घा,लिमीठाना र ठानामौला लगाएतका क्षेत्रहरुलाई सुन्तला उत्पादनका पकेट क्षेत्ररुपमा घोषणा गरिएको छ । 

Leave a Comment