you-price-design.jpg

पर्वतको फलेवासमा रहेको जनता नि.मा.बि.अर्मनाको २९ औँ बार्षीकोत्सव सम्पन्न ।।

  • २०७४ पौष २२ गते , शनिवार प्रकाशित


माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाँउ स्थित जनता नि.मा.बि.अर्मनाको २९ औँ बार्षीकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
”समय सापेक्षता गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता“ भन्ने मुल नाराका साथ शनिवार बिधालयमा एक भव्य कार्यक्रममा बिच बिधालयले बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिका प्रमुख पदम पाणी शर्माले गुजरे शिक्षाले अब नहुने भन्दै सामान्यतया अध्ययन र अध्यापनका क्रममा न्यूनतम आवश्यकताहरुमा मात्र सिमित नरहि सिकाई प्रक्रियालाई अझ व्यापक र विस्तारितरुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले  शिक्षाको प्रगति लाई अबको ३ बर्ष भित्रमा १०० प्रतिशत पु¥याउने फलेवास नगरपालिकाको मिसन रहेको बताउदै नगरपालिकाको बिशाल मिसन लाई साकार पार्न शिक्षक अभिभावक स्थानीएवासीले सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले  नगरपालिकाले सारेका शैक्षिक योजना लाई कार्यान्वयन गरे सँगै बिधालयमा देखिएको दुर्दशाको अन्त्य हुने बताउनुभयो । उहाँले बिधालयमा प्रबिधीयुक्त शिक्षा,अङ्ग्रेजी माध्यमा पठनपाठन,वातावरण मैत्री गुणस्तरीय शिक्षाको पहुँच नगरपालिका भित्र रहेका सम्पुर्ण बिधालयमा पु¥याउने नगरपालिकाको मिसनले बिधालयमा देखा परेको संकटको अन्त्य हुने दाबी गर्नुभयो । समय सापेक्ष अनुसार शिक्षामा आमुल परिर्वतन गर्नुपर्ने बताउदै शर्माले नगरपालिका भित्र रहेका बिधालयहरुको शैक्षिक अवस्था,भौगोलिक अवस्था हेरेर बिधालयहरु लाई मर्च गर्ने नगरपालिकाको योजना रहेको समेत बताउनुभयो ।
     फलेवास नगरपालिका उपप्रमुख मञ्जु अधिकारीले शिक्षकको मात्र एकल प्रयासले बिधार्थीहरुको सिकाई   बृद्धि गर्न नसकिने बताउदै  अभिभावकले आफ्नो बाल बच्चाको शैक्षिक अवस्था बिधालयमा आएर चेक जाँच गर्नुपर्नेमा जोड दिनुभयो । बिधालयमा पठनपाठन के कसरी सञ्चालन भईरहेको छ अभिभावकले निगरानी  गर्नुपर्ने बताउदै आफ्ना बालबच्चाको भविष्य सुनौलो बनाउन तर्फ अभिभावक स्वयं आफै कस्सिनुपर्नेमा जोड दिनुभयो । उहाँले  विद्यार्थीको प्रभावकारी सिकाई, जीवनोपयोगी शिक्षा, व्यवहारिक शिक्षा र प्रबिधीयुक्त शिक्षाको पाटो लाई अब बलियो तवरले अगाडी बढाउनु आजको अवश्यकता हो भन्नुभयो ।
     सोही अवसरमा बिधालयका प्र.अ.टेकनारायण सापकोटाले बिधालयको शैक्षिक बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थीयो ।
कार्यक्रममा वडा अध्यक्ष दिपक शर्मा पौडेल,फलेवास नगर कार्यपालिका सदस्य केशा कु.दमीनी,नेपालि काङग्रेस गाँउ कार्य समिती सभापती हिरामणी शर्मा, जनता नि.मा.बि.का पुर्व अध्यक्ष शिव प्रसाद सापकोटा,शिक्षक अभिभावक सघं अध्यक्ष भविश्वर शर्मा,बिधालयका छात्र सन्तोष सापकोटा,छात्रा बृन्दा सापकोटा लगाएतले बोल्नुभएको थीयो ।
कार्यक्रममा बिधालय लाई सहयोग पु¥याउने बिभिन्न शिक्षा प्रेमी,समाज सेवी व्यक्तित्वहरु लाई सम्मान गरिएको थीयो  भने बिधालयमा उत्कृष्ट प्रथम द्धितिय र तृत्य हुने तथा अनुसाशित बिधार्थी लाई पुरस्कार समेत प्रदान गरिएको थीयो । उक्त बिधालयले ३७ हजार बराबरको अति बिपन्न जेहन्दार बिधार्थीहरु लाई छात्रबृत्ति समेत प्रदान गरेको छ ।
बिधालयको बर्षीकोत्सव समारोहको अवसरमा बिधार्थीहरुले चेतना मुलक शैक्षिक गित तथा नृत्य समेत प्रस्तुत गरेका थीए ।
बिधालयका अध्यक्ष बिनोद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका इन्दिरा तिवारी र सञ्चालन बिधालयका शिक्षक बैकुण्ठ श्रेष्ठले गर्नुभएको थीयो ।
यसै बिच  जनता नि.मा.बि.अर्मना लाई बार्षिकोत्सवको अवसरमा बिभिन्न सहयोग समेत मिलेको छ । समाज सेवी एवं बिधालयका पुर्व अध्यक्ष डण्डापानि शर्माले बिधालयको उत्तर तर्फ रहेको ३ आना जग्गा बिधालय लाई दान गर्नुभएको छ । बिधालय नजिकै अन्य भवन निर्माण गर्ने जग्गाको अभाव भएको हुदाँ आफुले जग्गा बिधालय लाई दान गरेको उहाँको भनाई छ ।
उक्त अवसरमा बिधालयका अध्यक्ष बिनोद सापकोटाले आफ्नो आमाको स्मृतिमा ११ हजार १ सय १५ रुपैँयाको अक्ष्यकोष स्थापना गर्नुभएको छ । भने खानिगाँउ निवासी क्षेत्रराज गौडेलले आफ्ना पिता रमाकान्त गौडेलको स्मृतिमा  २० हजार बारबराको अक्षयकोष खडा गर्नुभएको बिधालयले जनाएको छ ।

Leave a Comment