you-price-design.jpg

पर्वतको पाखापानी ५१ औँ पुर्ण साक्षर वडा घोषणा,पर्वत माघ दोस्रो हप्ता पुर्ण साक्षर जिल्ला बन्ने

  • २०७४ पौष २१ गते , शुक्रवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतको महाशिला गाँउपालिकाको वडा नं.४ पाखापानी लाई शुक्रबार जिल्लाको ५१ औँ पुर्ण साक्षर वडा घोषणा गरीएको छ । पाखापानी भित्र रहेका १५ देखि ६० उमेर समुहका ९७ प्रतिशत नागरीक अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भएपछि  उक्त वडा लाई एक कार्यक्रमका बिच पुर्ण साक्षर वडा घोषण गरीएको हो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले विकासको मुलआधारनै शिक्षा भएको बताउदै  शिक्षाको गुणस्त वृद्धि गर्न समुदायको चासो हुनु पर्ने वताउनु भयो । 
पर्वतमा अझै केहीँ नागरिक निरक्षर रहेको जनाउँदै उनीहरुलाई साक्षर बनाउन स्थानीयतहले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुल जनसङ्ख्याको ९५ प्रतिशतले सामान्यरुपमा लेखपढ गर्न सकेमा पूर्ण साक्षर बनाउन पाउने मान्यताअनुरुप पाखापानी लाई साक्षर घोषणा गरेको बताउनुभयो । सरकारको साक्षरता अभियानमा नै पाँच वर्षमाथिका र ६० वर्षमुनिका नागरिकलाई समावेश गराउने उल्लेख छ । त्यहीँ अनुरुप पर्वत लाईनै माघको दोस्रो हप्ता भित्रमानै पुर्ण साक्षर उन्मुख जिल्ला घोष्णा गर्ने तयारी भएको जि.शि.अ.पौडेलले बताउनुभयो । जिल्लामा अब १० वटा वडाहरु लाई पुर्ण साक्षर वडा घोषण गर्न बाकीँ रहेको छ । कार्यक्रममा महाशिला गाँउपालिका प्रमुख राजु प्रसाद पौडेलले महाशिला गाँउपालिकाका लाईनै पुर्ण साक्षर घोषणा गरी शैक्षिक स्तर सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले अव पनि पुरानो शैलि र पुरानै पद्धतिको भरमा अध्यन अध्यापन गराउदा देशले शैक्षिक क्षेत्रमा फड्को मार्न नसक्ने भन्दै प्रत्येक विध्यालयमा प्रविधियुक्त शिक्षा तथा अङग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले अबको २ बर्ष भित्रमा समग्र महाशिला गाँउपालिकाका सबै बिधालय लाई नमुना बिधालय बनाउने उद्धघोष गर्दै यस गाँउपालिकामका निरक्षर व्यक्ति लाई साक्षर बनाउने र निरक्षर व्यक्ति खोज्न मुस्कील पर्ने गरी शैक्षिक गतिबिधी लाई अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष जिवन उच्चै ठकुरी,नेकपा एमाले पुर्व क्षेत्रिय अध्यक्ष भक्तराज सुवेदी शिक्षक राम सुवेदी,समाज सेवी दुर्गा बा.मल्ल लगाएतले बोल्नुभएको थीयो । सोही अवसरमा पाखापानी लाई पुर्ण खोप सुनिश्चत वडा समेत घोषणा पनि गरिएको छ ।

Leave a Comment