you-price-design.jpg

पर्वतको भवानी बिधापिठ मा.बि.मा खानेपानी शुद्धीकरण गर्ने मेशिन जडान

  • २०७४ पौष २१ गते , शुक्रवार प्रकाशित


माधब पराजुली,पर्वत

पर्वतको फलेवास नगरपालिका स्थित भवानी बिधा पिठ मा.बि.खानिगाँउमा खानेपानी शुद्धीकरण गर्ने मेशिन जडान गरिएको छ ।
स्पेल्याश नेपालको प्राविधक सहयोग तथा संसद विकास कोषको एक लाख आर्थीक सहयोगमा बिधालयमा अल्ट्रा फिल्ड्रेसन टेक्नोलोजी नामक मेशिन जडान गरिएको हो । बिधालयमा अध्यनरत बिधार्थीहरुमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ पानी शुद्धीकरण गर्ने मेशिन जडान गरी सञ्चालनमा ल्याईएको बिधालयका प्र.अ.अर्जुन कु.रेग्मीले जानकारी दिनुभयो । मेशिन जडान गरिएसँगै बिधार्थीहरु अब शुद्ध खानेपानी बाट बञ्चित नभएको उहाँले बताउनुभयो । फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म पानी शुद्धिकरण नगरी बिधार्थीले पिउन बाध्य भएको रेग्मीले बताउनुभयो ।
  बिधालयमा जडित गरिएको अल्ट्रा फिल्ड्रेसन टेक्नोलोजी मेशिनले ४ चरणअन्तर्गत पानी शुद्ध बनाउने काम गर्छ । ४ चरण पार गरेपछि जस्तोसुकै पानी पनि पिउनयोग्य हुने स्पेल्याश नेपालका म्यानेजर शिरिस पोखरेलले जानकारी दिनुभयो । मेशिनमा हुने थप प्रणालीको रिभर्स असमोसिसले पानिको क्वालिटी अनुसार करीब ८० प्रतिशत नकारात्मक रसायन निष्क्रिय बनाईदिने त्यस्तो नकारात्मक रसायनलाई पानीसँगै बाहिर फालिदिने र करीब ७० प्रतिशत पानी पिउनयोग्य हुने पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस्तो मेशिनले घण्टामा ५० लिटर भन्दा बढी पानी शुद्धीकरण गर्ने क्षमता राख्छ । बिधालयमा जडान गरिएको उक्त मेशिनले पानि स्वादिलो बताउनुका साथै चम्किलो पनि बनाउएको बिधालयले जनाएको छ ।बिधालयमा बिधार्थीहरुले शुद्ध खानेपानीको प्रयोग गर्न नपाएको कारण बिधार्थीमा रोग लाग्ने खतरा बढ्ने भन्दै पानी शुद्धिकरण गर्ने मेशिन जडान गर्नको लागी संसद विकास कोष बाट आफुले एक लाख रकम बिनियोजन गरेको प्रदेश सांसद एवं संबिधान सभाका पुर्व सदस्य विकास लम्सालले बताउनुभयो ।



Leave a Comment