you-price-design.jpg

कस्तुप पन्तले एकै बर्ष जिते पाँच अवार्ड

  • २०७४ पौष १८ गते , मंगलवार प्रकाशित

नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर एक दशक भन्दा लामो समय देखि राज गरिरहेका चर्चाका सफल सर्जक, संगितकार र गायक कस्तुप पन्तले यो बर्ष मात्र पाँच ओटा अवार्ड जितेर सबैलाई चकित पारेका छन । भर्खर मात्र सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा जवानीको धक्का बाट उत्कृष्ट लयको उपाधी चुमे सँगै पन्तका यो बर्ष मात्र पाँच उपाधी भएका छन । त्यस्तै पन्तलेराप्ती म्युजिक अवार्डमा जवानिमा धक्काको भाका बाट,म्युजिक खवर अवार्ड आँसु झरिरहे बाट शब्द रचना, ओ एस नेपाल म्युजिक अवार्ड जवानी मा धक्काबाट शब्द रचना साथै छायांछबी तिज म्युजिक अवार्ड हे शिव भगवान बाट शब्द रचनाबाट उपाधि चुमेका हुन । हामीसँग कुरा गर्दै पन्तले आफ्नो स्रोता दर्शकले देखाएको माया प्रति आभार प्रकट गर्नु भयो । लामो समय देखि संगीतमा क्रियाशील सर्जक तथा गायक पन्त सर्जक भएको उनले पाएको अवार्डबाट पनि प्रष्ट हुन्छ । यस अगाडी पनि धेरै अवार्डहरु पन्तले जितिसकेका छन भने उनैका सिर्जनाबाट धेरै कलाकार र गायक समेत बनेका छन ।

Leave a Comment