you-price-design.jpg

तल्लो मोदीले पाँच प्रतिशत लाभांश बितरण गर्ने

  • २०७४ पौष १२ गते , बुधवार प्रकाशित

पर्वत

पर्वत स् तल्लो मोदी(१ जलविद्युत् आयोजनाले सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशत (पाँच करोड ७५ लाख रुपैयाँ) नगद लाभांश दिने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आयोजनाले हाल कायम गरेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयलाई शुक्रबारको वार्षिक साधारणसभाले पारित गरेको छ । पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युत्को व्यापारिक उत्पादन सुरु भएको हो । साधारणसभामा आयोजनका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको ६ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको बताए ।
आर्थिक वर्ष २०७२र७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आवको उत्पादन किनै कम भए पनि आयोजना बिमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको उनले जानकारी दिए । उक्त आवमा आयोजनाले बिमाबापत १९ करोड सात लाख रुपैयाँ भुक्तानी पाएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७२र७३ मा १४ करोड ७१ लाख आम्दानी गरेको आयोजनाले गत आवबाट ७७ प्रतिशतले वृद्धि भएर २८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ३५ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले गएको आवमा चार करोड ८८ लाख ४८ अजार खुद नाफा कमाएको छ ।
चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा नौ करोड ७१ लाख ३३ हजार रुपैयाँको विद्युत् बिक्री गरेको छ । चालू आवको असोजसम्म एक करोड ८० लाख ३१ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा पानीको बहाव बढ्न गई २२ हजार पाँच सय ६९ युनिट बढी विद्युत् उत्पादन भएको छ ।

Leave a Comment