you-price-design.jpg

छोटो समयमै लाखौँ दर्शक स्रोताहरुको मन जित्न सफल रेग्मी र लामीछानेको बेसार मसला गित

  • २०७४ पौष ६ गते , विहीवार प्रकाशित

यादव देवकोटा (सरापे) र आशिष प्रतापलाई पाँच हजारको विल तिर्न पैसा नहुँदा कुटाई खानु परेको छ । यो बास्तविक जिवनमा नभइ एउटा गीतमा त्यस्तो भएको हो । तेजश रेग्मीको जन्म दिन पारेर सोमबार सार्वजनिक भएको निकै रमाइलो रोइला गीत बेसार मसलामा यस्तो भएको हो । सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतको म्युजिक भिडियोमा नयाँ पन दिन खोजेका छन सरोज रोशन भट्टराईले । उनले निर्देशनमा निकै मेहनत समेत गरेको देखिन्छ । फुर्ति मात्र लागाउने एउटा अल्लारे केटा र होटलकी साहुनी विचको रमाइलो सम्वाद गीतले उठाएको छ । गीतका उत्कृष्ट शव्द भने सतिश अधिकरीले लेखेका छन भने लय सिर्जना तेजश रेग्मीले नै गरेका छन । गीतमा आशिष प्रताप,यादव देवकोटा र सम्झना लामिछानेले निकै राम्रो अभिनय गरेका छन । गीतलाई एस थ्रि के इन्टडेण्डमेन्डले बजार व्यवस्थापन गरेको छ ।तेजस रेग्मी र सम्झना लामीछाने मगरको आवाजमा रहेको बेसार मसला गितले छोटो समयमै दर्शक स्रोताहरुको मन जित्न सफल भएको छ ।

besar masala song video

Leave a Comment