you-price-design.jpg

पर्वतको एउटै गाउँमा तीन करोड रुपैयाँको सुन्तला उत्पादन

  • २०७४ पौष ४ गते , मंगलवार प्रकाशित

पर्वत

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा यो वर्ष झन्डै तीन करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । परम्परागत अन्नवाली लगाउन छाडेर सुन्तला खेती गर्न थालेपछि यहाँका किसानको प्रमुख आयस्रोत नै सुन्तला भएको छ । यहाँका अधिकांश किसानले सुन्तलाको आम्दानीबाट बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका शहरमा घरजग्गा खरिद गरेका छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सहकारी समेत स्थापना गरिएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारी मार्फत नै गर्ने गरिएको छ । २०६९ सालमा स्थापना भएको सहकारीले यहाँ उत्पादित सुन्तला राजधानी काठमाडौंदेखि चितवन, पोखरासम्मका बजार पुर्याउिने गरेको छ ।  

Leave a Comment