you-price-design.jpg

पर्वतका ३ सांसदको एउटै बोली बिकास गरेर जनताका अपेक्षा पुरा गर्छौ

  • २०७४ पौष २ गते , आईतवार प्रकाशित

,पर्वत
पर्वतमा प्रतिनिधीसभा र प्रदेससभामा नेकपा(एमाले) र माओवादी  को तर्फबाट निर्वाचित भएका साँसदहरुले यतिबेला गाउँ गाउँपुगेर मतदातालाई धन्यबाद दिइरहेका  छन ।
प्रतिनिधीसभाका सदस्य पदम गिरी र प्रदेससभाका सदस्य बिकास लम्साल र नेत्र अधिकारील बिभिन्न ठाँउमा पुगेर मतदाता लाई धन्यवाद दिदै निर्वाचनको बेला आफुहरुले जनता माझ गरेका बाचा पुरा गरेरै छाड्ने बताएका छन् ।
 चुनाब जितेर धन्यबाद दिन गाउँ पुगेका गिरी र लम्साल र अधिकारीले आफुँहरुलाई चुनाब जिताएर जनताले आफ्नो पुरा गरेकाले अब स्थिर सरकार र आर्थिक सम्बृद्धि दिने दायित्व आफ्ुँहरुको बताएका छन ।
 ‘तपाईहरुले चुनाब जिताएर हामीलाई दिएको दायित्व पुरा गर्न सकेनौ भने हामीलाई पनि धिक्कार्ने दिन आउँछ’ प्रतिनिधीसभा सदस्य पदम गिरीले भने ‘ढुक्क भएर बस्नुस यो देशमा स्थिरता र आर्थिक सम्बृद्धि सहितको बिकास बामपन्थीले दिएर छाड्नेछन’गीरीले भने ।
त्यस्तै प्रदेश सभा क का सांसद अधिकारीले आफुँले चुनाब अघि गरेको प्रतिबिद्धता अनुसार   यस क्षेत्रको  पुर्बाधार र सामाजिक तथा शैक्षिक क्षेत्रका परिर्वतनको अनुभूति दिलाउने बताए ।
प्रदेससभाका सदस्य बिकास लम्साले आफुँ यस अघि साँसद हुँदा सुरु गरेका अधुरा योजनाहरु यस पटक पुरा गर्ने बिश्वास दिलाए । फलेबास देखि हुवास सम्मको सडक यस अवधीमा नै कालोपत्रे हुने र फलामखानी सञ्चालनका लागि उचित पहल हुने पनि उनले बताए ।
   


Leave a Comment