you-price-design.jpg

को हुन पर्वत बाट निर्वाचीत पदम गिरी, नेत्र अधिकारी र विकास लम्साल ? (संक्षिप्त जिवनी)

  • २०७४ मंसीर २६ गते , मंगलवार प्रकाशित

  पर्वतका तिन वटै सिट बाम गठबन्धनले हात पार्न सफल भएको छ । प्रतिनिधी सभा तर्फ एक र प्रदेश सभा तर्फ २ निर्वाचन क्षत्र रहेको पर्वतमा प्रतिनिधी सभामा निर्वाचीत एमाले जिल्ला अध्यक्ष पदम गिरी प्रदेश सभा क मा माओवादी नेता नेत्र अधिकारी र ख मा पुर्व सांसद विकास लम्साल निर्वाचीत हुनभएको छ । उहाँहरुको संक्षिप्त जिवनी हामी केल्याएका छौँ ।

को हुन पदम गिरी ?
लगातार ३ पटक सम्म संसदीय निर्वाचनमा सहजै विजय हासिल गर्दै आएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गर्न सक्ने एमाले उम्मेद्वार पदम गिरीको चर्चा चलिरहेको छ । पर्वतमा कांग्रेसको राजनीतिमा खम्बा मानिएका जोशीलाई निर्वाचनमा पराजित गर्न सक्नु । चौथो पटकको यो निर्वाचनमा पनि बिरासतको लडाईँ लडेका जोशीलाई अन्ततः गिरीले बिरासतलाई ब्रेक गर्न सफल बने । गिरी २०३३ साल मंसिर ८ गते पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा जन्मिएका हुन । स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनी २०४६ सालमा अखिल पाचौँको सदस्य बन्दै राजनीतिमा होमिएका थिए । गिरी २०६३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा निर्वाचित बने । त्यसपछि जिल्ला फर्किएका उनले २०६६ सालबाट एमाले पर्वतको सचिवालय सदस्य हुँदै २०७१ सालमा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका बने । पार्टी भित्रका निर्वाचनमा उनले उम्मेद्वारी दिएपछि अन्य पुराना नेताले नै ठूलो मत अन्तरले पराजित बन्नुपरेपछि उनलाई पाटी भित्र ‘म्यान अफ दी ईलेक्सन’ को नाम दिंएइकोमा त्यो उपनामलाई उनले यो निर्वाचनमा पनि कायमै राखेका छन ।

को हुन विकास लम्साल ?
विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शंकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी विद्यापिठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए । २०४१ सालमा भएको शैक्षिक शुल्क वृद्धिको विरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले २०४१ देखि ०४३ सम्म धौलागिरी अंचालाधिशको कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेपेका थिए । लम्साल पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य हुदै प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वाचित भएका थिए । २०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्यमा निर्वाचित भएका लम्साल २०६३ मा नेकपा एमाले पर्वतको छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । लम्साल २०५४ को स्थानीय निर्वाचनमा निर्विरोध गा.वि.स. अध्यक्ष बन्दै २०७० को संविधान सभाको निर्वाचनमा पनि विजयी बनेका थिए ।
को हुन नेत्रनाथ अधिकारी ?
बुबा थगराज र आमा देवकलीको सन्तानको रुपमा वि.सं. २०२२ जेठ ३ गते पर्वतको पाङ स्थित सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन अधिकारी । पूर्व स्थायी शिक्षक रहेका उनले पछि शिक्षकको जागिर छोडेर राजनीतिमा प्रवेश गरे । २०४६ सालमा नेकपा मशालको धौलागिरी अंचलको पूर्णकालिन कार्यकताको रुपमा क्रियाशिल अधिकारी नेकपा माओवादीले जनयुद्धको कार्यदिशा लागु गरी शसस्त्र संघर्ष लागु गरे पछि भूमिगत भएका थिए । लामो समय माओवादीको राजनीतिमा आबद्ध अधिकारी सामान्य किसान परिवारमा हुर्किएका थिए । विचार र दर्शनमा रुचि राख्ने अधिकारी पार्टि भित्र हिमाल नामले परिचित छन । जनयुद्धको समयमा धेरै ठाउँमा महत्वपूर्ण जिम्मेवारी समालेका अधिकारी पार्टि भित्र संगठन कर्ताको रुपमा चिनिन्छन ।

Leave a Comment