you-price-design.jpg

पर्वतमा ६२ प्रतिशत मत खस्यो । मतपेटिका आजै सदरमुकाम पुग्ने

  • २०७४ मंसीर २१ गते , विहीवार प्रकाशित

माधब पराजुली,पर्वत

पर्वतमा बिहीबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा ६२ प्रतिशत मतदान भएको छ । प्रतिनिधी सभा तर्फ एक र प्रदेश सभा तर्फ २ निर्वाचन क्षत्र रहेको पर्वतमा जम्मा ६९ हजार भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।कुल १ लाख ७ हजार ३ सय  मतदाता रहेको पर्वतमा शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेको पर्वतमा ७४ मतदान स्थल र एक सय ३९ मतदानकेन्द्र रहेका थिए । सबै केन्द्रबाट आज बेलुकासम्म मतपेटिका सदरमुकाम ल्याइसकिने कार्यालले जनाएको छ । बिहानै देखी मतदान गर्न लाईनबद्ध भएका मतदाताहरु निकै उत्साहीत थीए ।  

Leave a Comment