you-price-design.jpg

‘पदम, नेत्र र बिकासको भोट कुचो काटे जस्तो बराबर आउँछ’ःबाम

  • २०७४ मंसीर १८ गते , सोमवार प्रकाशित

पर्वत(नेस) पर्वत जिल्लामा संघिय प्रतिनिधीसभा र प्रदेशसभाका बाम गठबन्धनका उमेदवारहरुले आफु भित्र कुनै घात प्रतिघात नहुने बताएका छन ।  प्रेस चौतारी पर्वत र प्रेस सेन्टर पर्वतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बाम उमेदवारका बिचमा कुनै घात प्रतिघात नहुने  बरु सबै उमेदवारको मत कुचो काटे जस्तो बराबर आउने बताएका हुन ।  प्रतिष्पर्धी उमेदवारहरुले बाम उमेदवारले एक अर्कालाई मत नदिने भन्दै मत मागेपनि आफुँहरुमा कुनै घात र प्रतिघातको संभावना र कल्पना समेत गर्न नसकिने उनीहरुको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेको तर्फबाट बाम गठबन्धनका तर्फबाट  प्रतिनिधि सभाका उमेदवार पदम गिरीले भने ‘एमाले र माओबादीका कार्यकर्ताले एक अर्कालाई अन्तरघात गर्ने भन्ने कुरा कल्पना सकिन्न’ उनले भने ‘पदम गिरी, नेत्र अधिकारी र बिकास लम्सालको मत कुचो काटे जसरी बराबर आउँछ, ढुक्क हुनुस’  उनले सुर्य चिन्ह माओबादी केन्द्रका  कार्यकर्ता र गोलाकार भित्रको हसिँया हथौडा  नेकपा एमालेका कार्यकर्ताको भएको एक ढिक्का भएर मतदान गर्न पनि आग्रह गरे ।  माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा क का उमेदवार नेत्र अधिकारीले  भने ‘कसैले चाहेर पनि अन्र्तघात संभब छैन’ । उनले  बामपन्थीहरु इमान्दार भएकाले फाटो पार्न प्रतिष्पर्धीहरुले चलाएको अनाबश्यक हल्ला मात्रै भएको बताए ।  ‘बजारिया हल्लाका पछि नलाग्नुस र सबैले एकमत भएर गठबन्धनको पक्षमा मत हाल्नुस’ उनले भने ‘हामी एक छौ, सबै बाम कार्यकर्ता एक भएका छन’  ‘बाम उमेदवारको पक्षमा अभूतपुर्ब लहर, बिजय घोषणा गर्न प्रकृया मात्रै बाँकी ’   बामपन्थी उमेदवारहरुले बामपन्थीहरु एक हुँदा अभूतपुर्व जनलहर देखिको बताएका छन । बामपन्थीहरुको जनमत बढेको देखेपछि स्वतन्त्र जनमत समेत बाम गठबन्धनको पक्षमा देखिएके दाबी उनीहरुको थियो । ‘जनलहर र उत्साहले बामपन्थी उमेदवारहरुलाई बिजय घोषणा गरिदिए हुन्छ’ उनले भने ‘पैसाले किन्ने प्रयास हुन सक्छ, त्यसलाई बिफल पारेर छाड्छौ’   प्रतिनिधीसभाका उमेदवार पदम गिरीले बिजय घोषणा भैसकेको र औपचारिक घोषणा गर्न प्रकृया पुरा गर्न मात्रै बाँकी रहेको बताए । ‘हाम्रो बिजय भैसक्यो, औपचारिक घोषणाका लागि प्रकया पुरा गर्न बाँकी छ’ पर्वतको भौतिक पुर्वाधार, शैक्षिक, आर्थिक र सामाजिक रुपमान्तरण गर्दै नमुना जिल्ला बनाउने योजना भएको गिरीले बताए ।  समाप्त   

Leave a Comment