you-price-design.jpg

पर्वतमा निर्वाचनका लागि ११ सय भन्दा बढी कर्मचारी खटिए ।।

  • २०७४ मंसीर १८ गते , सोमवार प्रकाशित

माधब पराजुली,पर्वत

जिल्ला निर्वाचन कार्यालय पर्वतले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा कुल १ हजार १ सय १२ कर्मचारी परिचालन गरेको छ  । ७४ मतदान स्थलअन्तर्गत १ सय ३९ मतदान केन्द्रको लागि सुरक्षाकर्मी बाहेक १ हजार १ सय १२ कर्मचारी खटाईएको हो ।  कार्यालयले प्रत्येक मतदान केन्द्रमा एक एक मतदान अधिकृत र सहायक मतदान अधिकृत, ५ सय ५६ सहायक कर्मचारी र २ सय ७८ कार्यालय सहयोगी लाई सुरक्षाकर्मी सहीत गाँउ पठाइसकिएको निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो । प्रत्यक मतदान स्थलमा मतदान अधिकृतले ४ जना स्वयंसेवक नियुक्ती गर्न पाउने व्यवस्था समेत मिलाईएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन कार्यालयहरु बाट निर्वाचनको लागी चाहीने ८७ प्रकारका सामग्री सहित नियुक्ती पत्र,मतपत्र र पेश्की रकम लिई उनीहरु लाई पठाइएको उहाँले बताउनुभयो । जसमा मतदाता नामावली,मतपत्र,स्वस्तीक छाप,मसी,मतपेटीका,लाहा,डोरी,कैचीँ,मैनबक्ती,ग्लुस्टिक,सुरक्षा सिल,कपडाको थैली,सियो लगाएतका निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पुग्ने छन् ।
निर्वाचन लाई भयरहित निश्पक्ष तथा सौहाद्रपुर्ण वातावरणमा सम्पन्न गर्नको लागी कुनै कसुर बाकीँ नराख्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लको सुरक्षा संबेदनशीलता भने सन्तोषजनकनै रहेको बताईएको छ ।

Leave a Comment