you-price-design.jpg

४५ जिल्लाका विद्यालय बन्द

  • २०७४ मंसीर १८ गते , सोमवार प्रकाशित

 १८ मंसिर, काठमाडौं । दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो । अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ । धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो । आज मध्यरातबाट निर्वाचनको मौन अवधि शुरु हुँदैछ । मौन अवधिभर चुनाव प्रचार प्रसार गर्न वा कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन ।दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

Leave a Comment