you-price-design.jpg

शान्ति मा.वि.को ५६औ वार्षिक उत्सव समारोह सम्पन्न

  • २०७४ मंसीर १५ गते , शुक्रवार प्रकाशित

 

बगलुङ

जिल्लाको जैमिनि नगरपालिका १सेराबजारमा अवस्थित श्री शान्ति मा.वि. विद्यालयले मंसिर १५ गतेृ  एक कार्यक्रमका विच ५६ औ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । समारोह गर्नुपुर्व विद्यालयका विद्यार्थीहरु, शिक्षक, अभिभावक र समाजसेवीहरुले बजार परिक्रमा गरी  संयुक्त रुपमा प्रभातफेरी कार्यक्रममा सहभागी भएका थिए । जिल्ला शिक्षा कार्यालय बागलुङका प्रतिनिधि एवं श्रोत व्यक्ति श्री विष्णु प्रसाद सापकोटाले मैन बत्ती प्रज्ज्वलन गरी समारोहको उद्घाटन गर्नु भएको थियो । श्रोतव्यक्ति श्री विष्णु प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री यम बहादुर जि.सी.ले वार्षिक प्रतिवेदन, लेखापाल श्री भूषण आचार्यले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रमुख अतिथिको आशनबाट प्रमुख अतिथि विष्णु प्रसाद सापकोटाको मन्तव्य दिनुहुदै भन्नुभयो सामुदायिक विद्यालयहरु सवैको रोजाई बन्न सकेका छैनन् । यो दुःखको कुरा हो । सामुदायिक अस्पताल र सामुदायिक विद्यालयहरु लई राज्यले ठुलो लगानी गरेको छ । उक्त लगानी सदुपयोगका लागि पनि सम्पुर्ण अभिभावकहरुले परिक्षणकै रुपमा सामुदायिक विद्यालयहरुमा विद्यार्थी पठाउनु पर्छ । विद्यालयमा पठाउदैमा विद्यार्थी सर्वज्ञाता हुदैन त्यसका लागि अभिभावक जागरुक बनी विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउनु पर्छ । 
    विद्यालयका संयोजक श्री नारायण आचार्यको स्वागत, सालेजो भाकाको स्वागत गित र राष्ट्रिय गान बाट सुभारम्भ भएको कार्यक्रममा भू.पु. प्र.अ. हरुको तर्फबाट श्री हरि प्रसाद शर्मा, भू.पू. वि.व्य.स. अध्यक्षहरुको तर्फबाट श्री शोभा प्रसाद शर्मा, विद्यार्थीको तर्फबाट छात्रा जमुना शर्मा, नगर विकास समितिका अध्यक्ष श्री सकस बहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष श्री ठाकुर प्रसाद शर्मा, ने.क.पा. ए.मा.ल.े. को तर्फबाट रुद्र प्रसाद शर्मा, ने.क.पा. माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार श्री मेघनाथ पौडेल, नेपाली काँग्रेसका नगर सभापति श्री काशिराम आचार्य लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    विद्यालयका छात्र छात्राहरुको रोचक साँस्कृतिक कार्यक्रम र प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरी  सम्पन्न भएको समारोहको सञ्चालन विद्यालयका शिक्षक श्री डिल्ली प्रसाद पौडेलले र सभापतित्व ग्रहण वि.व्य.स. जेष्ठ सदस्य श्री तिलक बहादुर थापाले गर्नुुभएको थियो ।
 

Leave a Comment