you-price-design.jpg

पत्रकार एवम् गायक पराजुलीको स्वरमा अर्को उत्कृष्ट गित मनमा जाल सार्वजनिक(भिडीयो सहित)

  • २०७४ मंसीर १५ गते , शुक्रवार प्रकाशित


पर्वत

नेपाली गितसंगितको बजारमा  धेरै लोकगित तथा मंसीर लगनको महिना लाई लक्षित गरि बनाईएका गितहरु बजारमा आएका छन् ।  छोटो समयमा आउने र पलायन हुने धेरै गित छन् । पहिला जस्तो एउटा गित बजारमा ल्याउने र बर्षौ चर्चामा रही रहने दिन अहिलेको समयमा छैनन् यो सबैलाई थाहा भएको बिषय बस्तु पनि हो ।  अहिले त जतिसक्ने छिटो बजारमा गित ल्याउने अर्थात अपडेट भइरहने दिन आए कलाकार स्वयं आफै ले भन्ने गर्दछन् ।
यसैक्रममा तिज गित शिकारीको अपार सफलता सगैँ पत्रकार एवं कलाकार माधब पराजुलीले एक मनछुने पृथ्क शैलीको गित बजारमा ल्याएका छन् । जुन गित हो पछील्लो समय सबैको मायाले प्रीय बनेका पत्रकार एवं चर्चीत लोक गायक माधब पराजुली र गायीका प्रतिभा कुवँरको स्वरमा सजिएको मनमा जाल जुनगितले बजारमा लामै समय धेरैको मन जित्ने आशा गर्न सजिलै सकिन्छ । गितमा समावेश शब्दमा प्रेमीले आफ्नो प्रेमीका लाई मलाई मुखले ठिक्क पारेर छाड्ने प्रयास गर्दै छौ रे मलाई छोड्यौँ भने याद गर मलाई सम्झेर डाकोँ छोडी रुने दिन आउने छ भन्दै पछी पश्चतापमा डुब्नु भन्दा बेलैमा सोच्न आग्रह गरिरहेका छन् ।
गितमा भनिएको छ हस्न पाईन म पनि कहिँल्यनी मुखले ठिक्क पार्दीदाँ जहिँलेनी मुखले ठिक्क पारेर मनमा जाल बुन्छेउ मेरो माया तिमी लाई अहिँले सस्तो भएनी एक दिन मलाई सम्झेर पक्कै तिमी रुन्छौ । जस्ता मनै छुने शब्द समेटिएको छ भने उत्कृष्ट लयले सुनमा सुगंन्ध थपीएको छ । यति मात्र होईन उक्त गितको मनोरम दृश्य रहेको भिडियोले झन मानिस लाई आकर्षीक पारेको छ ।
गित संगितमा बजारमा अहिँले सम्म निकै उत्कृष्ठ गित दर्शक स्रोताहरु लाई पठाउदै आएको हमाल म्यूजिक प्रा.लि मार्फत  सार्वजनिक भएको गितमा सङिगत अथवा लय नव सर्जक समिप सुनारको छ भने शब्द दर्जनौ गित सिर्जना गरेर चर्चामा आएका गितकार कृष्ण पराजुलीको रहेको छ । थेगो रचना भने गायक मनोज नेपालीको हो ।
हुने बिरुवाको चिल्लो पात भने जस्तै पत्रकार एवं गाएक पराजुलीका एक से एक गितहरु चर्चाको शिखरमा पुग्ने क्रम जारि छ । पर्वतको कुश्म स्थित बेन्जु होटल र पर्वतका पर्यटकीय स्थल अग्ला अग्ला झोलुङ्गे पुलमा छायाङ्कन गरिएको उक्त गितको भिडियोमा अभिनय डिल्लीराज पराजुली,प्रमोद अधिकारी र करिश्मा कुवँरले गरेका छन् । भिडियोको निर्देशन पराजुली आफैले गरेका छन् । पत्रकारीतामा व्यस्त भईरहने गायक समेत रहेका पराजुली अहिँले निर्देशनमा समेत देखिन थालेका छन् । गोपाल भण्डारी र समिप सुनारको गितमा भिडियोको सम्पादन नबिन केसीले गर्नुभएको छ  ।

भिडीयो हेर्नुहोस

New Nepali Dohori Song मनमा जाल ''Manma Jala '' 2074 2017 |By Madhav Prajuli & Prativa Kunwar

Leave a Comment