you-price-design.jpg

मतदाता शिक्षा प्रभावकारी बनाउन पर्वतमा सडक नाटक

  • २०७४ मंसीर १२ गते , मंगलवार प्रकाशित

माधब पराजुली, पर्वत


दोस्रो चरणको चुनावको मिति नजिकिँदै गर्दा पर्वतमा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि निर्वाचन आयोग नेपालको संयोजनमा सांस्कृतिक संस्थान सीड नेपाल पर्वतको प्रस्तुतिमा सडक नाटक मार्फत मतदाता शिक्षा दिइएको हो । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि नाटकबाट चाँढै सिक्ने भएकाले नाटक प्रस्तुत गरिएको सिड नेपाल पर्वतले जनाएको छ । नाटकमा मतदान प्रक्रियामा प्रयोग गरिने स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने र खसाउने  तरिकाको बारेमा कलाकारले प्रस्तुति देखाएका थिए । कलाकारहरुले चुनावको मिति, चुनावको महत्व, मतपत्रका प्रकार र स्वरुप, मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका तथा मतपेटिकामा खसाल्ने लगायतको जानकारी नाटक मार्फत मतदातालाई र्पुयाएका थीए । स्थानीय तहको निर्वाचनमा बदर मत सङ्ख्या बढेको र यो निर्वाचनमा बदर मत घटाउनका लागि सडक नाटक प्रदर्शन गरी मतदातालाई जानकारी गराउने कार्य भइरहेको संस्थाकी सामाजिक परिचालीका विष्णु सुवेदीले बताउनुभयो ।    सीड नेपाल पर्वतले जिल्लाको बिहादी,पैयुँ,महाशिला गाँउपालिका र फलेवास नगरपालिकाको बिभिन्न ठाँउमा सडक नाटक देखाएको र बाकीँ कुश्मा नगरपालिका,मोदी र जलजला गाँउपालिकामा पनि सडक नाटक प्रदर्शन गरिने संस्थाले जनाएको छ ।       

Leave a Comment