you-price-design.jpg

गुल्मी र बागलुङको सीमाना क्षेत्रमा स्याउ बिक्रिमा समस्या

  • २०७४ मंसीर २ गते , शनिवार प्रकाशित

  गुल्मी र बागलुङको सीमानामा रहेको ग्वालिचौर खारबजारमा ५ दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउको उचित मूल्य नपाएको र व्यापार घटेको छ । मेलालाई लक्षित गदै निसीखोला गाँउपालिका ५ निसी ढोरपाटनका स्याउ व्यापारी जुम बहादुर बुढाथोकीले भने, गत बर्षको न्वागी मेलामा झण्डै साढे ४ कुन्टल ढोरपाटनको स्याउ व्यापार भएकोले कारोवार राम्रो भएको तर अहिले पनि त्यहि आशले मेलाको ५ दिनको अवधिभरमा बल्लतल्ल मूल्य घटाएर भएनी झण्डै ३ कुन्टल सम्मको स्याउलाई प्रतिकेजी १ सय २० रुपैया देखि १ सय सम्ममा मेलामा स्याउ विक्रि वितरण भएको र मेलामा सोचे अनुसारको स्याउको व्यापार नभएको र मूल्य समेत नपरेको गुनासो गरे । स्याउ व्यापारी बढाथोकी भन्छन्( आफ्नै विकट गाँउमा उत्पादन गरेका ढोरपाटनको स्याउको उचित बजारीकरण र कृषि प्राविधिक र स्याउ खेती गर्ने किसानहरुको लागि स्याउ खेतीका बारेमा बेला बेलामा तालिम नहुदा आफूलाई निकै समस्या भइरहेको बताए । साथै आफूलाई स्याउ खेती गर्न कृषि प्राविधिक र अनुगमन निरिक्षण गरिदिने र स्याउका बारेमा बेला बेलामा तालिमको व्यवस्था गरि स्याउका विरुवा समेत जिल्ला कृषि कार्यालय बाग्लङ्गले उपलब्ध गराइदिने हो भने स्याउ उत्पादनमा वृद्धि हुनुका रस्याउखेती तर्फ किसानहरुको आर्कषण बढ्ने व्यापारी बढुथोकीको भनाइ छ । त्यस क्षेत्रमा स्याउ बिक्रिमा समस्या छ  

Leave a Comment