you-price-design.jpg

को हुन ? निर्वतमान सांसद एवं प्रदेश सभाका उम्मेदवार विकास लम्साल

  • २०७४ कार्तीक २४ गते , शुक्रवार प्रकाशित

निर्वतमान सांसद एवं पर्वत क्षत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२  पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापीठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनितीमा प्रवेश गर्नुभएको थियो ।
२०४१ सालमा भएको शैक्षिक शुल्क बृद्धिको बिरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले २०४१ देखि ०४३ सम्म धौलागिरी अञ्चाधिश कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेप्नु भएको थियो ।
२०४४ सालमा पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्वबियु प्रारम्भिक कमिटीको सदस्य भएका लम्साल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युबा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वाचित हुनुभयो ।
उहाँ २०४७ सालमा तत्कालिन नेकपा माले, खानीगाउँको सदस्यमा निर्वाचित हुनुभएको थियो भनें ०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्यमा निर्वाचित हुनुभयो । २०५३ सालमा सम्पन्न नेकपा एमालेको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका लम्साल ०५७ मा सम्पन्न चौथो अधिबेशनबाट जिल्ला सचिवालय सदस्य र २ नम्वर क्षेत्रको क्षेत्रिय समिति संयोजक हुनुभयो । २०६० सालमा सम्पन्न पाँचौ अधिबेशनबाट उहाँ उपसचिव पदमा निर्वाचित हुनुभयो ।
२०६१ माघ १९ को शाही कु पछि ३ महिना हिरासतमा राखिएका लम्साल २०६३ मा छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिबेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचनमा खानीगाउँ गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
सधै सामन्तवादको बिरुद्ध कडा रुपमा प्रस्तुत हुने विकास निर्माणमा तल्लिन रहने लम्साल २०७० सालको संबिधान सभाको निर्वाचनमा अत्याधिक मतका साथ बिजयी भएका थीए । आगामी निर्वाचनको लागी संघको टिकट दावा गरेका लम्सालले अन्नतःप्रदेश सभाको टिकट लिएपछी पर्वतवासी आश्चर्य चकित परे उनी प्रदेशसभामा निर्वाचान भएपछी प्रदेशको कुनै एक मन्त्रि पाउने गरी प्रदेश सभामा आएको धेरैको भनाइ छ । संबिधान बनाउनमा बिशेष भुमीका खेलेका लम्साले जिल्लाको बिकासमा समेत ठुलो सम्झन लायक काम गरेका छन् ।
निर्वा्िचत भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहाने गरेका छन् । १० बर्ष देखि अलपत्र परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पर्वत खण्डमा ल्याउन उनले ठुलो भुमीका खेले । कालीगण्डकी लोकमार्गको काम अहिँले पर्वत र स्याङजा खण्डमा भईरहेको छ । त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो । क्षत्र नं. २ का साबिकका गाबिसहरुका जेष्ठनागरीक लाई सम्मान गर्ने र लोपउन्मुख पञ्चैबाजा संरक्षण गर्ने तथा नगर र गाउँपालिका भित्रका सबै अस्पतालमा एम्बुलेन्स पुराउने घोषणा गरेका सांसद लम्सालले आफुले गरेका सबै बाचाहरु आफ्नो कार्यकालमा पुरा गरेरै छाडे । युवा पुस्ता देखी बृद्धा सम्म लम्साल प्रति क्रेज छ । दमदार भाषण, माओवादीको आक्रमणमा घाइते र जनआन्दोलनको सक्रियताका कारण उनी जिल्लामा स्थापीत नेता बन्न सफल भएका हुन ।
पर्वतमा विकासको मूल फुटाउन सकिन्छ भन्ने आभाष दिलाउन उनले ल्याएका कृषि क्षेत्रका विकासका योजनाहरु देखी पर्यटन विकासका योजनाहरु लोक प्रिय बन्ने बिश्लेषकहरु बताउछन् । लम्सालले बिहादीको बच्छेश्वरकोट,शितल गुफा,शालिग्राम,शिवपुरीधाम,चिसापानी लगाएतका ऐतिहासिक धार्मीक महत्व बोकेका पर्यटकीय स्थलमा पैदल माग निर्माण गर्नुका साथै ऐतिहासिक धार्मीक महत्व बोकेका मठ,मन्दिर,पार्टी पौवा लगाएतका स्थलहरुमा सम्झन लायक काम गरेको स्थनीएले बताउने गरेका छन् ।
सबै जनताको मन जितेका लम्साललाई निर्वाचन जित्न कुनै कठिन नरहेको पर्वतबासीको भनाई छ ।


Leave a Comment