you-price-design.jpg

पर्वतका गरिब र असाह्यका साहरा बने् लम्साल,कसैको नजरमा अलोकप्रीय बने् ।

  • २०७४ कार्तीक १२ गते , आईतवार प्रकाशित


पर्वत

एमाले का कार्यकर्ताहरुले आगामी संघको निर्वाचनमा पर्वत क्षेत्र नं. २ का निर्वतमान सांसद विकास प्रेमी नेता विकास लम्सालको बिकल्प खोजीए नराम्रो हुने चेतावनी दिएका छन् ।
नेकपा एमालेको स्थाई कमिटी बैठक चलीरहेका बेला उनीहरुले सामाजिक सञ्जालमा लम्सालको विकल्प खोजीए पर्वतमा एमालेको पोल्टामा फरक नतिजा निश्कने निश्चित रहेको बताएका छन् ।
लम्साल गरीबी असाह्य सर्वहारा नागरीकका  साहरा बनेको बताउदै उनीहरुले लम्सालले बाहेक अरुलाई उम्मेदवार अगाडी सार्दा एमालेले ठुलो भुमरीमा पूने निश्चित रहेकोले बेलैमा सोच्न शिर्ष नेतृत्व तह को ध्यानाकर्षण गराएका छन् । उनीहरुले लम्साललाई टिकट दिएमा जुन सुकै अस्त्र प्रयोग गरेरै भएपनी चुनाव जित्ने दाबी गरेका छन् ।
  साथै निर्वाचनको मुखमा गलत भ्रमीक खबरहरु प्रशारण गरीरहेको प्रति एमाले कार्यकार्ताहरु रुष्ट बनेका छन् । लम्सालले यस क्षेत्रका जनताबिच मात्र नभई समग्र जिल्लामै लोकप्रीय कमाएर आगामी संघको निर्वाचनमा टिकट निश्चित पाउने भएपछी एक तत्वले उनको मानहानी गराउन भ्रमीक तथा कल्पित समाचार प्रशारण गरेको भन्दै एमाले कार्यकर्ताले रोष प्रकट गरेका हुन् । निर्वाचनको मुखैमा एक शिर्ष नेता लाई कमजोर पार्न अलोकप्रिय भन्दै समाचार प्रकाशन गर्नु सुनियोजित भएको बताउदै उक्त कार्यको घोर बिरोध तथा निन्दा गरेका छन् ।
 एमालेका कार्यकर्ताहरुले पछील्लो समय जेष्ठनागरीक आफ्नै घर परिवार बाट अपहेलना भएका बेला निर्वाचीत सांसदले जेष्ठनागरीक सम्मान गरेर समाजमा गतिलो सन्देश दिएको बताउदै एमालेले मात्र जेष्ठ नागरीकको रक्षा गर्ने बताए ।
 सांसद लम्सालकै पहलमा पर्वत क्षत्र नं. २ मा प्रत्यक साबिकका गाबिसमा सडक सञ्जाल पुगेको,बिधुत,शिक्षाका,स्वास्थ्य लगाएतका आधारभुत तहहरुमा सम्झन लायक काम गरेको बताउदै आफ्नो निर्वाचन क्षत्रमा कृषीमा आत्मनिर्भर बनाउदै गाँउका युवाहरु लाई स्वरोजगार बनाउने उद्धेश्य सहितं पाडापाडी संक्षण केन्द्र स्थापना गरेको र उक्त योजना एकै पटक ह्वातै सफल हुन नसकेको बताउदै कडुवा पाडापाडीको संक्षणमा निरन्तर लागीरहेको समेत बताइएको छ । हाल पर्वतको होश्राङदीमा पाडापाडी संक्षण केन्द्र सञ्चालन गरीएको समेत बताइएको छ ।
लम्सालले २०७० सालको निर्वाचानमा  पर्वतका बिकट गाँउहरुमा एम्बुलेन्स पु¥याउने बाचा गरे अनुरुप सबै स्थानीए तहका स्वास्थ्य चौकी लाई एम्बुलेन्स प्रदान गरेको बताउदै उनीहरुले दाताले दिएको एम्बुलेन्स भन्दै गिज्जाउन खोज्नुको कुनै तुक नभएको बताए । स्वास्थ्य चौकी लाई एम्बुलेन्स प्रदान गर्नु आजको आवश्यकता भएको र एम्बुलेन्स खरिदमा अरु कुनै संस्था वा व्यक्तिहरु सँग आर्थीक सहयोग माग्नु स्वभाबीक भएको उनीहरुको धारणा छ । पहल नगरी बिहादी,हुवास,पाङग्राङ,लुंखुदेउराली,फलेवास ठुलीपोखरी लगाएतका ठाँउमा  एम्बुलेन्स कसरी आयो भनीदिन समेत चुनौती दिएका छन् ।
लम्सालले समग्रमा पर्वतका नागरीक लाई एउटै दृष्टिले हेर्ने गरेको र उनी पर्वतको विकासको मात्र चिन्तन गरीरहने नेता भएको कार्यकर्ताको भनाई छ । निर्वतमान सांसद लम्साल पर्वतका जनताका लोकप्रिय भएको तर नेता लम्साल केही बिरोधी तत्वहरुको अलोकप्रीय भएको उनीहरुको भनाई छ । पछील्लो समय जलवायूपरिर्वतन लाई ध्यानमा राखेर वातावरण संरक्षण्का लागी लम्सालले आफ्नो निर्वाचन क्षेत्रमा वर,पिपल,समीका ८ हजार बिरुवा रोपेको र ति बिरुवाहरु हुर्कीदै गरेका छन् । बिकास लम्साल को बारेमा अहिले मात्र होइन २०७० मा पानी हुँदै नभएका भ्रमित समाचार आएकै हुन,जसले गर्दा झन लोकप्रिय हुन बल पुगेको छ जुझारु एक कार्यकर्ताले सामाजिक सञ्जालमा भनेका छन्”अहिले पनि नाकारात्मक समाचार र भ्रम छरेर कम्जोर बनाउने हार्कत नगरेको राम्रो जति नै भर छरे पनि बिकास लम्साल जन्ताको मन मस्तिस्कमा बसेका छन “भन्ने कुरा लुक्दैन उनले भने” । लम्सालको पक्षमा प्रष्ट जनमत रहेकाले चुनावी मैदानमा उभ्याउने बताउदै आगामी निर्वाचनले यस प्रकासको फैसला गर्ने तर्क गरेका छन् । लम्सालले आगामी निर्वाचनका लागि पर्वतबाट संघ प्रतिनिधी सभा निर्वाचनमा पार्टीबाट टिकटको दाबी गरेका छन् ।

यस्ता काम भए लम्सालको संसद कार्यकालमा

निर्वा्चित भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहेका छन् भने १ का जनताले समेत एमाले पार्टी अध्यक्ष हुदै देखि धेरै विकास निर्माणका योजना अगाडी सारेको भन्दै आफुहरुले पनि लम्साल लाई आफ्नो जनप्रतिनिधी रुपमा चुन्न चाहेका छन् । १० बर्ष देखि अलपत्र परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पर्वत खण्डमा ल्याउन उनले ठुलो भुमीका खेले । कालीगण्डकी लोकमार्गको काम अहिँले पर्वत र स्याङजा खण्डमा भईरहेको छ । अबको केहीँ समयमा उक्त मार्ग हुदै यहाँका जनता सुनौली जान सक्ने छन् । त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो । क्षत्र नं. २ का साबिकका गाबिसहरुका जेष्ठनागरीक लाई सम्मान गर्ने र लोपउन्मुख पञ्चैबाजा संरक्षण गर्ने तथा नगर र गाउँपालिका भित्रका सबै अस्पतालमा एम्बुलेन्स पुराउने घोषणा गरेका सांसद लम्सालले आफुले गरेका सबै बाचाहरु आफ्नो कार्यकालमा पुरा गरेरै छाडे त्यसैले पनि उनले बाहेक अरुले चुनाव जित्न गाह्रो हुने एमाले पंक्तिमै कुरा उठ्न थालेको छ । युवा पुस्ता देखी बृद्ध,बृद्धा सम्म लम्साल प्रति क्रेज छ ।
लम्साल प्रति दलित गरिब अति बिपन्न,सर्वहारा नागरिक,मजदुर,किसान, हुदै शिक्षक तथा कर्मचारी सम्मको क्रेज छ । केन्द्रीय संसदीय अभ्यासमा आफूलाई राम्रै परिचीत बनाउन सफल लम्साल बाकी रहेको काम पुरा गर्न पनि आफू उम्मेदवार उठ्ने र चुनाव जित्ने दाउमा छन् । २०७० सालको चुनावमा पर्वत क्षेत्र नम्बर २ बाट विजयी भएका लम्साल प्रति स्थानीए तहमा उनको लोकप्रियता निकै बढेको पाईन्छ । गरिब अतिबिपन्न तथा सर्वहारा जनताको घरदैलोमा पुगी अकंमाल गर्न सिपालु लम्साल लाई धेरै बर्ग तथा समुदायका मानिसहरुले मन पराउने गरेको छन् । राजनितिमा चतुर मानिने लम्साल लाई धेरै व्यक्तिगत मत समेत पर्ने देखिन्छ । लम्साललाई भेटेर धेरै नागरिकहरुले आफ्नो भावना तथा दुख साट्ने गरेका छन् । लम्सालले त्यस्ता व्यक्तिहरुको घाउमा मलम लगाउने काम समेत गरेका छन् । २०७२ सालमा भुकम्प गएको ३ दिन नहुदै काठमाडौ बाट पर्वत आएर प्रत्यक भुकम्प पिडीतका घर घरमा पुगेर तत्काल बास बसाउनको लागी जस्तापाता त्रिपाल,कम्मल लगाएतका राहात सामाग्री प्रदान गरेका तथा केपी वली नेतृत्वको सरकारमा सञ्चालन गरेको जनता आवास कार्यक्रम पर्वतमा ल्याउन ठुलो भुमीका खेलेका लम्साल पर्वतका ७ वटै स्थानीए तहका नागरिकको रोजाईमा परेका छन् भने आफ्नो निर्वाचन क्षेत्र भित्रका साविकका गाबिसहरुका जेष्ठनागरिकहरु लाई घरदैलोमै पुगेर दोसल्ला फुलमाला अबिर तथा फलफुल दिएर सम्मान गरेका लम्साल प्रति बृद्धबृद्धाको समेत क्रेज उत्तीकै देखिन्छ । यत्ति मात्र होइन की पर्वतका पञ्चैबाजा संरक्षण गर्ने अभियान स्वरुप पर्वतका सम्पुर्ण बाजा समुह लाई बजाका सेटहरु तथा ड्रेस बितरण गरेका लम्साल प्रति उनीहरुको पनि मोह उत्तिकै रहेको देखिन्छ भने जिविको पार्जन गर्न सहज होस भन्ने हेतुले पर्वतका अपाङ्गहरु लाई आर्थीक सहयोग गरेका लम्साल प्रति फरक क्षमता रहेका व्यक्तिहरुले पनि लम्साल लाई कृपादृष्टिको रुपमा हेर्ने गरेका छन् ।  उनी मार्फत पर्वतका नागरिकको धेरै आशा पनि छ आफुले देखेको सपना साकार पार्न पनि लम्साल लाई नै टिकट दिएर जिताउनुपर्ने उनीहरुले बताउने गरेका छन् । युवा माझ पनि उत्तिकै लोकप्रिय कमाएका लम्साल लाई युवाको धरोहर तथा आशावादी नेताका रुपमा पनि उनी लाई चिन्ने गर्दछन् ।  



Leave a Comment