you-price-design.jpg

पर्वतमा एक दम्पती द्धारा जमिन खरिद गरेर सामुदायिक बिद्यालयलाई दान

  • २०७४ कार्तीक ११ गते , शनिवार प्रकाशित

आफ्नो पारिवारिक प्रयोगका लागि जमिन खरिद गर्नु सामान्य कुरा हो , तर पर्वतको एक दम्पतीले जमिन खरिद गरेर बिद्यालयलाई दान दिएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा एक दम्पतीले ७ रोपनी जमिन खरिद गरेर स्थानिय बाजुङ्ग आधारभूत बिद्यालयलाई शुक्रबार दान दिएका हुन ।
स्थानियबासी किरण पुन र युगमाया पुन दम्पतीले ७ रोपनी जमिन खरिद गरेर बिद्यालयलाई दान दिएका छन । पुन दम्पतीले बिद्यालयका लागि आवश्यक जमिन गत बर्ष खरिद गरि बिहीबार एक औपचारिक कार्यक्रमका बिच लालपुर्जा हस्तान्तरण गरेका हुन । पुन दम्पतीले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुर्जालाई लालपुर्जा हस्तान्तरण गरेका छन ।
बिद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफुँले खरिद गरेर बिद्यालयलाई दान दिएको किरण पुनले जानकारी दिए । ‘बिद्यालयलाई जमिन आवश्यक थियो तर आर्थिक अभाबमा खरिद गर्न सकेको थिएन’ उनले भने ‘जमिन खरिद गरेर बिद्यालयका लागि दान दिएपछि भवन र खेल मैदान निर्माणका लागि सहज हुनेछ’ पुनले ७ रोपनी जमिन ७ लाख रुपैयाको लागतमा गत बर्ष खरिद गरेका थिए ।
लामो समय देखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा बिद्यालयका लागि संकलन गरिएको २ लाख ५० रुपैया आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा बिद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रबृत्ति बितरण गरिने बिद्यालयका प्रअ अमबहादुर गर्बुजा पुनले जानकारी दिए ।
लामो समय देखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा बिद्यालयका लागि संकलन गरिएको २ लाख ५० रुपैया आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा बिद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रबृत्ति बितरण गरिने बिद्यालयका प्रअ अमबहादुर गर्बुजा पुनले जानकारी दिए । ‘दुर्गम गाउँको बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई प्रोत्साहित गर्न अक्षयकोष प्रभाबकारी हुने बिश्वास लिएका छौ’ उनले भने ।
यसैगरी किरण पुन र युगमाया पुनले गएको बर्ष बिद्यालयको खेलमैदान र मैदानमा प्यारापिट समेत निर्माण गरिदिएका थिए । पुनको पहलमा स्थानिय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्गकङ्गमा रहेका मनकारीहरुको सहयोग संकलन गरि प्यारापिट सहित बास्केटबल र भलिबलको कोर्ट निर्माण गरेका थिए । क्लबले ६ लाख ५० हजारको लागतमा ढुंगा बिच्छ्एर प्यारापिट निर्माण गरेको थियो । निर्माण गरेको प्यारापिटमा झण्डै ५ सय अटाउन सक्ने क्षमता रहेको छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन(सुबेदार),हङ्गकङ्ग बस्ने हेमबहादुर पुन लगायतले आर्थिक सहयोग गरेका थिए । कुस्माबजारमा पनि सहयोग संकलन भएको जिल्ला खेलकुद बिकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिए । यसैबिच लालपुर्जा र अक्षयकोष हस्तान्तरण कार्यक्रममा सहयोग दाता किरण पुन र युगमाया पुन , समाजसेवी श्यामप्रकाश पुर्जा, हलहले आभारभूत बिद्यालयका प्रअ मनबहादुर पुन, भुपु सैनिक संघका अध्यक्ष गुमबहादुर पुन लगायतले दुर्गम गाउँको बिकासका लागि दाताको सहयोग उपयोगी हुने बताएका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन शिक्षक घनश्याम पोखरेलले गरेका थिए ।

Leave a Comment